News Portal

रेडियो सुन्नुहोस्

विपद् पूर्वको तयारी आवश्यक

झुलेनी नेटवर्क२०८२ जेठ १६
४२५ पटक
२०८२ जेठ १६

विपद् पूर्वको लगानीले ठूलो क्षतिबाट बचाउने सरोकारवालाहरुले बताएका छन् । विपद पूर्वको जोखिम व्यवस्थापन र विपद् प्रतिरोधि पूर्वाधार निर्माणले विपद् पस्चातको पूर्ननिर्माण र पूनस्थापना कार्यको लागत घटाउने उनिहरुको भनाई छ ।

शुक्रबार प्यूठान नगरपालिका ४ जुम्रीमा आयोजित पत्रकारहरुसंगको छलफल कार्यक्रममा सहजिकरण गर्दै विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्ने ‘प्रतिवद्ध’ परियोजनाका कार्यक्रम व्यवस्थापक सालिकराम घिमिरेले पूर्व जोखिम व्यवस्थापक र प्रतिरोधि पूर्वाधारमा लगानी बढाउन आवश्यक रहेको बताए । अन्तराष्ट्रिय अध्ययनहरुले विपद प्रतिरोधि पूर्वाधारले विपद् पस्चातको पूर्ननिर्माणभन्दा ४ गुणा र पूर्व जोखिम व्यवस्थापनले विपद पस्चातको उद्धार राहतभन्दा १५ गुणा बढि लागत घटाउने प देखाएको घिमिरेले बताए । पूर्व जोखिम व्यवस्थापन अन्तरगत नियमित रुपमा गरिने पूर्व तयारी र पूर्वानुमान सूचनाको आधारमा गरिने पूर्व कार्यहरु पर्दछन् ।

प्रतिवद्ध परियोजनाले विपद्का सवालमा जिल्लाका सञ्चारकर्मीहरु संग छलफल गरेको छ । विपद्को पूर्वतयारी, मौसमजन्य सूचनाको आधारमा गरिने पूर्वकार्यहरु, विपदको समयमा हुने उद्धार तथा राहत र उपचारका कार्यहरु, विपद पस्चातको पूर्ननिर्माण र पूनःस्थापना लगायतका विषयमा छलफल गरिएको थियो । विपद्को समयमा तथ्यगत सूचना एकद्वार प्रणालीबाट समयमै उपलब्ध गराउनुपर्ने पत्रकारहरुले औँल्याएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले विपदजन्य घटनाको सामना गर्न सवैको सहकार्य आवश्यक रहेको बताए । वर्षायाम सुरु भएसंगै विपद्जन्य घटनाहरुको जोखिम बढ्ने भएकाले सबै चनाखो हुन आवश्यक रहेको बताए ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गिरु प्रसाद भण्डारीले विपद्मा उद्धार, राहत संगै सूचना पनि महत्वपूर्ण हुने भएकाले यसलाई एकद्धार प्रणालिमा व्यवस्थित गर्नुपर्ने बताए । प्रतिवद्ध परियोजनाले जिल्लाका माण्डवी र सरुमारानी गाउँपालिकामा काम गर्दै आएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...