News Portal

रेडियो सुन्नुहोस्

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

झुलेनी नेटवर्क२०८२ असार ३
६६४ पटक
२०८२ असार ३

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी एकदिने अन्तरक्रिया कार्यक्रम स्वास्थ्य कार्यालय प्यूठानमा सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यालय प्यूठानको आयोजना तथा विराट नेपाल मेडिकल ट्रस्ट ( वि एन एम टि ) को प्राविधिक सहयोगमा मंगलवार भएको कार्यक्रममा समुदायमा रहेको सुसुप्त क्षयरोगको संक्रमणका विरामीको उपचार सम्वन्धी स्वास्थ्यकर्मीहरुलाइ तालिम दिएको थियो ।

तालिमको सहजिकरण गर्दै प्यूठान अस्पतालका जनरल फिजिसियन डाक्टर गोविन्द रावतले टिवि संक्रमित भएका व्यतिmको नजिक रहेका व्यक्तिसंग यो रोग हुने बताए । कुनै पनि लक्षण देखा नपर्ने यो रोगको उपचारमा नेपाल सरकारले नया नीति लिएको वताए । उनले संक्रमितको छालामा Tuberculin skin test र रगतमा IGRA टिवीको जाच गरि उपचार गर्ने विधि रहेको बताए ।

नेपालको २ वटा जिल्ला चितवन र प्यूठान जिल्लामा विएनएमटी नेपाल माफर्त संचालन भएको यो कार्यक्रमको मुख्य उदेश्य समुदायमा सुसुप्त रहेका क्षयरोगको पहिचान गरि उनिहरुलाई ३ महिना औसधी सेवन गराई सुसुप्त क्षयरोगको अन्त्य गर्ने कार्यक्रमको मुख्य उदेश्य रहेको विएनएमटी नेपालका परियोजना प्रवन्धक राम नारायण पन्डीतले वताए ।

जिल्लाको प्यूठान नगरपालिका र स्वर्गद्धारी नगरपालिकामा थ्रि एच पि कार्यक्रम संचालनमा रहेको छ । आगामी दिनमा जिल्लाका सवै पालिकाहरुमा यो कार्यक्रम लैजान पहल गरिने उनले बताए ।

विरामीको शरिरमा रहेको रोगको सुसुप्त किटाणु शरिर भित्रै मार्नका लागीे थ्रि एच पि औसधी सेवन गर्ने विराट नेपाल मेडिकल ट्रस्ट ( वि एन एम टि नेपाल ) प्यूठानका कार्यक्रम संयोजक शिखर गौतमले जानकारी दिए ।

कार्यक्रममा स्वर्गद्धारी र प्यूठान नगरपालिकाका डट्स सेन्टरका स्वास्थ्यकर्मी, प्रयोगशालाका स्वास्थ्यकर्मी , प्यूठान अस्पतालका मेसु , स्वास्थ्य कार्यालय प्यूठानका निमित्त प्रमुख मदुसुदन खड्का , विएनएमटी नेपालका कार्यकारी निर्देशक रघु धिताल , विएन एम टि का राष्ट्रिय कोडिनेटर ज्ञानेन्द्र श्रेष्ठ ,परियोजना प्रवन्धक राम नारायण पन्डीत , अनुसन्धान विज्ञ डाक्टर म्याक्स कज , राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र काठमाण्डौका योजना अनुगमन प्रमुख विर बहादुर रावल लगायतको उपस्थिती रहेको थियो ।

रोटरी क्लव अफ काठमाण्डौको समन्वयमा भएको कार्यक्रमको संचालन स्वास्थ्य कार्यालय प्यूठानका जनस्वास्थ्य निरिक्षक राजु कुमार खड्काले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...