News Portal

रेडियो सुन्नुहोस्

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

झुलेनी नेटवर्क२०८२ असार ३
८८७ पटक
२०८२ असार ३

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी एकदिने अन्तरक्रिया कार्यक्रम स्वास्थ्य कार्यालय प्यूठानमा सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यालय प्यूठानको आयोजना तथा विराट नेपाल मेडिकल ट्रस्ट ( वि एन एम टि ) को प्राविधिक सहयोगमा मंगलवार भएको कार्यक्रममा समुदायमा रहेको सुसुप्त क्षयरोगको संक्रमणका विरामीको उपचार सम्वन्धी स्वास्थ्यकर्मीहरुलाइ तालिम दिएको थियो ।

तालिमको सहजिकरण गर्दै प्यूठान अस्पतालका जनरल फिजिसियन डाक्टर गोविन्द रावतले टिवि संक्रमित भएका व्यतिmको नजिक रहेका व्यक्तिसंग यो रोग हुने बताए । कुनै पनि लक्षण देखा नपर्ने यो रोगको उपचारमा नेपाल सरकारले नया नीति लिएको वताए । उनले संक्रमितको छालामा Tuberculin skin test र रगतमा IGRA टिवीको जाच गरि उपचार गर्ने विधि रहेको बताए ।

नेपालको २ वटा जिल्ला चितवन र प्यूठान जिल्लामा विएनएमटी नेपाल माफर्त संचालन भएको यो कार्यक्रमको मुख्य उदेश्य समुदायमा सुसुप्त रहेका क्षयरोगको पहिचान गरि उनिहरुलाई ३ महिना औसधी सेवन गराई सुसुप्त क्षयरोगको अन्त्य गर्ने कार्यक्रमको मुख्य उदेश्य रहेको विएनएमटी नेपालका परियोजना प्रवन्धक राम नारायण पन्डीतले वताए ।

जिल्लाको प्यूठान नगरपालिका र स्वर्गद्धारी नगरपालिकामा थ्रि एच पि कार्यक्रम संचालनमा रहेको छ । आगामी दिनमा जिल्लाका सवै पालिकाहरुमा यो कार्यक्रम लैजान पहल गरिने उनले बताए ।

विरामीको शरिरमा रहेको रोगको सुसुप्त किटाणु शरिर भित्रै मार्नका लागीे थ्रि एच पि औसधी सेवन गर्ने विराट नेपाल मेडिकल ट्रस्ट ( वि एन एम टि नेपाल ) प्यूठानका कार्यक्रम संयोजक शिखर गौतमले जानकारी दिए ।

कार्यक्रममा स्वर्गद्धारी र प्यूठान नगरपालिकाका डट्स सेन्टरका स्वास्थ्यकर्मी, प्रयोगशालाका स्वास्थ्यकर्मी , प्यूठान अस्पतालका मेसु , स्वास्थ्य कार्यालय प्यूठानका निमित्त प्रमुख मदुसुदन खड्का , विएनएमटी नेपालका कार्यकारी निर्देशक रघु धिताल , विएन एम टि का राष्ट्रिय कोडिनेटर ज्ञानेन्द्र श्रेष्ठ ,परियोजना प्रवन्धक राम नारायण पन्डीत , अनुसन्धान विज्ञ डाक्टर म्याक्स कज , राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र काठमाण्डौका योजना अनुगमन प्रमुख विर बहादुर रावल लगायतको उपस्थिती रहेको थियो ।

रोटरी क्लव अफ काठमाण्डौको समन्वयमा भएको कार्यक्रमको संचालन स्वास्थ्य कार्यालय प्यूठानका जनस्वास्थ्य निरिक्षक राजु कुमार खड्काले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...