News Portal

रेडियो सुन्नुहोस्

बाग्दुला–मच्छि–ठुलावेशी सडक यौटै मापदण्डमा डिजाईन हुने

झु्लेनी नेटवर्क२०८२ साउन १०
१२०९ पटक
२०८२ साउन १०

प्यूठानको बाग्दुला–मच्छि–ठुलावेशी सडक यौटै मापदण्डमा डिजाईन हुने भएको छ । शुक्रबार झिमरुक गाउँपालिकामा भएको तीन स्थानीय तह र संघ र प्रदेश अन्तरगतका सरोकारवाला कार्यालयहरुको अन्तरक्रियाले बाग्दुलादेखि ठुलावेशी सम्मको सडक १० मिटर चौडाईमा विस्तार गर्ने समझदारी गरेको हो ।

उक्त अन्तरक्रियामा प्यूठान नगरपालिकाका मेयर, झिमरुक गाउँपालिकाका अध्यक्ष, गौमुखि गाउँपालिकाका कार्यावाहक अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकीय अधिकृतहरु, सडक पूर्वाधार विकास कार्यालय, सडक डिभिजन कार्यालय, नेपाल विद्युत प्राधिकरणका कार्यालयप्रमुखहरु लगायतको उपस्थिती रहेको थियो ।

निर्णय अनुसार बाग्दुला पुल देखि ९ सय ५० मिटर दुरी (हाडिगैरा)सम्म सडक डिभिजन कार्यालय जस्पुरबाट १० मिटर चौडा हुनेगरी कटिङ्ग, नालि, स्टक्चर लगायत स्तरोन्नतिको काम हुनेछ । हाडिगैरादेखि बतासेडाडासम्म सोहि मापदण्डमा कटिङ्ग, स्टक्चर, नालि र कालोपत्रेको सम्पुर्ण कार्य सडक पूर्वाधार विकास कार्यालय गर्नेछ । बतासेडाडा देखि जिमुरखोला सम्म झिमरुक गाउँपालिकाले सोहि मापदण्डमा कार्य गर्नेछ । गत आर्थिक वर्षमा कटिङ्ग, प्लमवाल, नालि, कजवेको काम भएको छ भने संघीय समपुरक अनुदानबाट चालु आर्थिक वर्षमा उक्त खण्डमा कालोपत्रेको काम हुनेछ । जिमुरखोलादेखि मच्छि सम्मको खण्डमा सोहि मापदण्डमा स्तरोन्नतिको कार्य सडक पूर्वाधार विकास कार्यालय बाट हुनेछ । भने मच्छि बजारमा २ सय ४ मिटर आर.सि.सि. ढलान र मच्छिदेखि ढाड आरुपाटा १० मिटर चौडाईकै मापदण्डमा व्याककटिङ्ग, नाला, स्टक्चर लगायतको काम सडक डिभिजन कार्यालयमार्फत हुनेछ ।

गौमुखी गाउँपालिका पहुँच मार्गको कार्य गर्दा समेत बाग्दुला मच्छि खण्डको स्टक्चर अनुसारकै ठेक्का लगाउने निर्णय भएको छ । सडक विस्तारको क्रममा विद्युत पोल सार्ने, खानेपानी र सिचाईमा हुने क्षेतीको ममर्तका लागि आवश्यक रकम समेत स्टमेट गर्ने समझदारी भएको छ ।

यो निर्णयसंगै विभिन्न निकायबाट आएको बजेट कार्यन्वयनको अन्यौलता हटेको झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...