News Portal

रेडियो सुन्नुहोस्

करोडको बेसार प्रशोधन केन्द्र सञ्चालनमा आएन

बोम बहादुर परियार २०८२ साउन ११
५४५ पटक
२०८२ साउन ११

जापान सरकारले १ करोड बढि लागतमा निर्माण गरेर प्यूठान नगरपालिकालाई हस्तान्तरण गरेको बेसार प्रशोधन केन्द्र अलपत्र परेको छ । प्यूठान नगरपालिका – ८ गेजवाङ्गमा रहेको बेसार प्रसोधन केन्द्र प्रयोगविहिन बनेको हो । प्रशोधन केन्द्र सञ्चालनमा प्यूठान नगरपालिकाको ध्यान,व्यवस्थापन र योजना नहुँदा करोड लागतको उद्योग अलपत्र परेको स्थानीयले गुनासो गरेका छन् ।

बेसार प्रशोधन केन्द्र अन्तरगत कृषकले पाउनुपर्ने १० वटा हाते ट्याक्टर र २ वटा मिल अझैसम्म नपाएको स्थानीय कृषक ऋषिराम पौडेलले बताए । २०८० पुस ३ गते प्रशोधन केन्द्र उद्घाटन गरिएको थियो । प्रशोधन केन्द्रमा प्यूठान नगरपालिकाले करार सेवामा एकजना कर्मचारी समेत भर्ना गरेको थियो । प्रशोधन केन्द्र सञ्चालनमा नआउँदा त्यहाँ राखिएको कर्मचारीको काम कुरुवा जस्तै भएको छ ।
बेसार प्रशोधन केन्द्र स्थानीय सरकारलाई हस्तान्तरण भएसंगै स्थानीय कृषकलाई व्यवसायी बनाउन कृषकलाई बेसारको विउ वितरण, तालिम लगायतका कार्यक्रम गरिएको थियो । तर, प्रशोधन केन्द्र सञ्चालनमा नआउँदा जंगली जनावरबाट हैरान भएर बेसार खेतिमा लागेका किसानले समस्या भोगेको वडाध्यक्ष पदम बहादुर थापा क्षेत्रीले बताए ।

 


पूर्व वडाअध्यक्ष लिलाप सिंह के‍.सीले स्थानीय कृषकलाई व्यवसायी र आत्मनिर्भर बनाउन जापान सरकारसंगको सहकार्यमा प्रशोधन केन्द्र स्थापना भएपनि सञ्चालनमा नआउँदा स्थानीय निराश भएको बताए । सुरुमा परीक्षणका लागि नगरपालिकाले स्थानीय कृषकबाट ३ सय किलाे बेसार खरिद गरेको थियो । उद्घाटन लगत्तै मेसिन बिग्रेपछि सञ्चालन गर्न नसकिएको प्यूठान नगरपालिका कृषि शाखा प्रमुख श्रृजना सेढाईले बताईन् ।
चालु आर्थिक वर्षदेखि प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको उपमेयर देबेन्द्र बर्माले बताए । प्रशोधन केन्द्र सञ्चालनका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको बर्माले जानकारी दिए। गत आर्थिक वर्षमा पनि प्रशोधन केन्द्रका लागि ८ लाख विनियोजन गरिएको थियो । त्यसबाट २ लाख ९० हजार ७ सय १९ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...