News Portal

रेडियो सुन्नुहोस्

लामिडाँडा–देउराली जोड्ने झोलुङ्गे  पुलको सांसद थापाद्वारा उद्घाटन

झुलेनी नेटवर्क२०८२ साउन १६
१४२७ पटक
२०८२ साउन १६

प्यूठानको गौमुखी गाउँपालिका वडा नं. १ अर्खाको लामिडाँडा र वडा नंं.३ रजवाराको देउराली जोड्ने पुलको उद्घाटन गरिएको छ । सङ्घीय सरकारमार्फत २ करोड ७२ लाख ७४ हजार लागतमा बनेको झोलुङ्गे पुलको बिहीबार प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले उद्घाटन गरेका हुन ।

१ सय ७० मिटर उचाइ र ३७३.८ मिटर लम्बाइ रहेको पुलको उद्घाटन कार्यक्रममा सांसद थापाले  विकासमा सबैको ऐक्यबद्धता आवश्यक रहेको बताए । लुम्बिनी प्रदेशकै अग्लो र लामो भएकाले लामिडाँडा–देउराली जोड्ने पुल पर्यटनका हिसाबले पनि महत्त्वपूर्ण गन्तव्य बन्न सक्ने थापाले बताए ।

अर्खाकी स्थानीय यमुना पुनले खोला, जङ्गली जनावर, पहिरो आदिको डर त्रासमा आउजाउ गर्न बाध्य अर्खा र रजवाराका स्थानीयलाई पुल निर्माणपछि यात्रा गर्न सहज हुने बताइन । त्यस्तै  रजवाराका स्थानीय गोवर्धन थापाले वारपार गर्दा डेढ घण्टा हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको र पुलले यहाँको  शिक्षा , स्वास्थ्य र दैनिकीलाई सहज बनाएको बताए ।

गौमुखी गाउँपालिका वडा नं. ३  का वडा अध्यक्ष जग बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम पौडेलले गरेका थिए । उद्घाटन कार्यक्रममा उपस्थित अतिथिलाई वडा नं. १ का वडाध्यक्ष दिल बहादुर थापाले स्वागत गरेका थिए भने स्थानीयले पञ्चेबाजा सहित नाचगान गरेका थिए ।

अधिकारी अपर तामाकोसी जे.भि.बानेश्वरले निर्माण सम्पन्न गरेको लुम्बिनी प्रदेशकै सबैभन्दा लामो उक्त पुल सामुद्रिक सतह देखी १ हजार ५ सय ६२ मिटरको उचाइमा रहेको छ । पुलमा एक पटकमा ८ सय ७ जनासम्म यात्रा गर्न सक्ने सस्पेन्सन पुल डिभिजन कार्यालय ललितपुर पुल्चोकका इन्जिनियर गोपाल थापाले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...