News Portal

रेडियो सुन्नुहोस्

लामिडाँडा–देउराली जोड्ने झोलुङ्गे  पुलको सांसद थापाद्वारा उद्घाटन

झुलेनी नेटवर्क२०८२ साउन १६
१७१ पटक
२०८२ साउन १६

प्यूठानको गौमुखी गाउँपालिका वडा नं. १ अर्खाको लामिडाँडा र वडा नंं.३ रजवाराको देउराली जोड्ने पुलको उद्घाटन गरिएको छ । सङ्घीय सरकारमार्फत २ करोड ७२ लाख ७४ हजार लागतमा बनेको झोलुङ्गे पुलको बिहीबार प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले उद्घाटन गरेका हुन ।

१ सय ७० मिटर उचाइ र ३७३.८ मिटर लम्बाइ रहेको पुलको उद्घाटन कार्यक्रममा सांसद थापाले  विकासमा सबैको ऐक्यबद्धता आवश्यक रहेको बताए । लुम्बिनी प्रदेशकै अग्लो र लामो भएकाले लामिडाँडा–देउराली जोड्ने पुल पर्यटनका हिसाबले पनि महत्त्वपूर्ण गन्तव्य बन्न सक्ने थापाले बताए ।

अर्खाकी स्थानीय यमुना पुनले खोला, जङ्गली जनावर, पहिरो आदिको डर त्रासमा आउजाउ गर्न बाध्य अर्खा र रजवाराका स्थानीयलाई पुल निर्माणपछि यात्रा गर्न सहज हुने बताइन । त्यस्तै  रजवाराका स्थानीय गोवर्धन थापाले वारपार गर्दा डेढ घण्टा हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको र पुलले यहाँको  शिक्षा , स्वास्थ्य र दैनिकीलाई सहज बनाएको बताए ।

गौमुखी गाउँपालिका वडा नं. ३  का वडा अध्यक्ष जग बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम पौडेलले गरेका थिए । उद्घाटन कार्यक्रममा उपस्थित अतिथिलाई वडा नं. १ का वडाध्यक्ष दिल बहादुर थापाले स्वागत गरेका थिए भने स्थानीयले पञ्चेबाजा सहित नाचगान गरेका थिए ।

अधिकारी अपर तामाकोसी जे.भि.बानेश्वरले निर्माण सम्पन्न गरेको लुम्बिनी प्रदेशकै सबैभन्दा लामो उक्त पुल सामुद्रिक सतह देखी १ हजार ५ सय ६२ मिटरको उचाइमा रहेको छ । पुलमा एक पटकमा ८ सय ७ जनासम्म यात्रा गर्न सक्ने सस्पेन्सन पुल डिभिजन कार्यालय ललितपुर पुल्चोकका इन्जिनियर गोपाल थापाले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लामिडाँडा–देउराली जोड्ने झोलुङ्गे  पुलको सांसद थापाद्वारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिका वडा नं. १ अर्खाको लामिडाँडा र वडा नंं.३ रजवाराको देउराली जोड्ने पुलको...

मल्लरानी ३ को दुई गाउँमा घरघरै खानेपानीका धारा !

मल्लरानी गाउँपालिका ३ मुन्डाडाँका घरघरै पानीका धारा निर्माण भएका छन् । घरको आगनमै खानेपानीका धारा...

अनुपम अभियानको हस्ताक्षर कार्यक्रम प्यूठानमा

अन्तर पुस्ता महिलावादी मंच (टेवा)को अनुपम अभियान अन्तरगत हस्ताक्षेर संकलन कार्यक्रम प्यूठानमा सम्पन्न भएको छ...

करोडको बेसार प्रशोधन केन्द्र सञ्चालनमा आएन

जापान सरकारले १ करोड बढि लागतमा निर्माण गरेर प्यूठान नगरपालिकालाई हस्तान्तरण गरेको बेसार प्रशोधन केन्द्र...

बाग्दुला–मच्छि–ठुलावेशी सडक यौटै मापदण्डमा डिजाईन हुने

प्यूठानको बाग्दुला–मच्छि–ठुलावेशी सडक यौटै मापदण्डमा डिजाईन हुने भएको छ । शुक्रबार झिमरुक गाउँपालिकामा भएको तीन...