


राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका छन ।
युवा संघको वार्षिक कार्यक्रम अनुसार शनिवार प्यूठान अस्पतालमा रक्तदान आयोजना गरिएको राष्ट्रिय युवासंघ नेपाल प्यूठानका अध्यक्ष महेश पाण्डेले जानकारी दिए ।
जिल्लामा कोहिपनि विरामी रगतको अभावमा मृत्युवरण गर्न नपरोस भनि रक्तदान कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको उनले बताए ।
लुम्वीनी प्रदेस सभाका सदस्य तुल्सीराम शर्मा प्रमुख अथिती रहेको कार्यक्रमको संचालन राष्ट्रिय युवा संघ नेपाल प्यूठानका सचिव सिताराम भट्टराईले गरेका थिए ।
कार्यक्रममा युवाहरु , राजनितिकर्मी , समाजसेवी , कर्मचारी, लगायतले रगत दान गरेका थिए ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

