

१२ वर्षीय वालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् ।
गौमुखी गाउँपालिका वडा नं. ७ नारिकोटका ७३ वर्षीय थमन सिंह नेपाली पक्राउ परेका हुन् । बालिकाकी आमाले छोरीलाई जबरजस्ती करण गरेको उजुरी गरेपछि अभियुक्तलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत शुक्रवार भएको घटनाको सोमबार बिहान उजुरी परेपछि प्रहरीले अभियुक्त पक्राउ गरेर अनुसन्धान थालेको छ ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

