

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ ।
मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका वडा नं. ८ की खुसी सामतलाई खोलाले बगाएको हो । झिमरुक गाउँपालिका ७ सालघारीमा पौडिखेल्ने क्रममा वालिकालाई खोलाले बगाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
सूचना पाएसँगै प्रहरी टोली खटिएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

