News Portal

रेडियो सुन्नुहोस्

अनुगमनकर्ता पुग्दा विद्यालयमा प्रधानाध्यापक र शिक्षक नै नभएपछी..

जायश्वर जैसि
२१२६ पटक

गौमुखि गाँउपालीकाका विद्यालयहरुमा नियमविपरित प्रधानाध्यापक र शिक्षक विद्यालयमा अनुपस्थित हुने गरेको पाईएको छ।

गाँउँपालीकाको आयोजनामा मंगलवार गाँउपालीकाका ७ वटा विद्यालयको अनुगमन गर्दा केही विद्यालयमा प्रधानाध्यापक नै विद्यालयमा अनुपस्थित रहेको, विद्यालय समयमा शिक्षक उपस्थित नरहेको, तथ्यांकहरू व्यवस्थित र अभिलेखिकरण नगरिएको, सबै विद्यार्थीलाई नियमित विद्यालयमा उपस्थित गराउन नसकेको लगायतका गम्भीर समस्याहरू देखिएको अनुगमन पस्चात वसेको समिक्षा वैठकले निष्कर्ष निकालेको छ।

अनुगमनका क्रममा गतवर्षको सिकाइ उपलब्धि, निरन्तर विद्यार्थी मूल्यांकन, शिक्षक ( विद्यार्थी नियमित उपस्तिथि, अतिरिक्त क्रियाकलाप, पोषण कार्यक्रम, विद्यार्थी संख्या, विद्यालयका अन्य समस्या लगायतका विषयमा अनुगमन टोलीले जानकारी लिएको छ ।

विद्यालयको शैक्षिक गुणस्तर कमजोर रहेको भन्दै यसमा सुधार ल्याउने उद्देश्यले गाउँपालिकाले अनुगमन थालेको गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीले जानकारी दिनु भएको छ । गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीको नेतृत्वमा ९ जनाको एक टोलीले विभिन्न विद्यालय अनुगमन गरेको हो ।

पालिका अध्यक्ष बिष्णु कुमार गिरी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्याल र पालिकाको सामाजिक बिकास सहयोग समितिका सदस्य युग बहादुर केसीले गौमुखी माध्यमिक विद्यालय, पालिका उपाध्यक्ष तुल्सी सुनारले पूर्ण आधारभूत विद्यालय, स्रोत व्यक्ति ओमहरी पोख्रेलले लोकतान्त्रिक आधारभूत विद्यालय, सामाजिक बिकास समितिका सदस्यहरू अर्जुन बहादुर केसीले शिशु कल्याण आधारभूत विद्यालय गौँडेचौर, माधवराज पोख्रेलले शिशु कल्याण आधारभूत विद्यालय गाडापानी र जायश्वर जैसीले जनप्रिय आधारभूत विद्यालयको अनुगमन तथा निरीक्षण गर्नुभएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

आलोचना भएपछि ३५ दिने सूचनाको म्याद सकिनै लाग्दा छलफल

विना पूर्व तयारी सडक वरपरका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको प्यूठान नगरपालिकाले बेलुवा–बाग्दुला...

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...