News Portal

रेडियो सुन्नुहोस्

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

झुलेनी नेटवर्क२०८२ पुस ३ गते
५४८ पटक
२०८२ पुस ३ गते

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ ।
मंसिर २९ गतेदेखी सुरु गरिएको विद्यालयको ५० औं बार्शिकोत्सव स्वर्ण महोत्सवको बुधवार समापन गरिएको हो ।
विद्यालयको शैक्षिक विकास संस्कृति र सामाजिक सहभागीतालाई जोड दिने उदेश्यले आयोजना गरिएको स्वर्ण महोत्सवको उद्घाटन लुम्विनी प्रदेसका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा ले गरेका थिए भने समापन मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले गरेका हुन ।

२०३२ सालमा स्थापना गरिएको विद्यालयको ५० आंै बार्शिकोत्सव स्वर्ण महोत्सवमा संस्थापकहरु, जग्गादाता , पुर्व शिक्षक, विद्यार्थी , व्यवस्थापन समिति , विभिन्न सहयोगदाताहरु गरि ५ सय भन्दा बढीलाई सम्मान गरिएको थियो ।
बर्वोटका डिल्लीराज उपाध्याय, जेविन्डाडाका माथवर सिङ घर्तिमगर र मुन्डाडाका खुविराम शर्मा गरि संस्थापकहरु ३ जनाका परिवारलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।

त्यस्तै जग्गादाताहरु चौरपानीका ज्योतिखर पौडेल,बर्वोटका टिकाराम उपाध्याय,लेखनाथ पौडेल, डिलाराम पौडेल परिवारलाई सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिकाअध्यक्ष जिवलाल खत्रीको अध्यक्षतामा गरिएको समापन कार्यक्रममा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्का प्रमुख अथिति रहेका थिए ।
कार्यक्रममा बोल्दै खड्काले पुर्वी प्यूठानको एकमात्र प्राविधिक धारतर्फ अध्ययन हुदै आएको विद्यालयले राष्ट्रिय स्तरसम्म दक्ष जनशक्ति उत्पादन गरेको बताए ।

त्यस्तै लुम्विनी प्रदेसका सम्सद निमा गिरीले देस सुध्रिनको लागी न्यायालय र विद्यालय सुध्रिन आवस्यक रहेको बताईन ।

५० लाखभन्दा बढी सहयोग रकम संकलन भएको स्वर्ण महोत्सवबाट बचेको रकमलाई विद्यालयको शैक्षिक विकासमा लगानी गर्ने प्रधानाध्यापक चक्रपाणी पौडेलले बताए ।

त्यस्तै मल्लरानीगाउँपालिका ३ का वडाध्यक्ष नोमराज पौडेलले आफुले अध्ययन गरेको विद्यालयको स्वर्ण महोत्सवमा सहभागी हून पाउदा खुसीव्यक्त गरेका छन ।

विद्यालयले आफ्नो गौरवपुर्ण इतिहास बटुल्दै विविध कार्यक्रमका साथ स्वर्ण महोत्सवमा कलस यात्रा , स्वर्ण स्तम्भ निर्माण , विद्यार्थीका सास्कृतिक प्रस्तुती र जन गायक जिवन शर्माका प्रस्तुती समेत प्रस्तुतगरिएको थियो ।

३ दिन सम्म चलेको स्वर्ण महोत्सवमा पुर्व शिक्षक , विद्यार्थी तथा अभिभावको उत्साहजनक सहभागीता रहेको थियो ।
हाल विद्यालयले प्यूठान जिल्ला मात्र नभई छिमेकी जिल्ला अर्घाखाचीका बिद्यार्थीहरुलाई समेत गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको छ ।

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...