

२०८२ माघ ११ गते मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८ वर्षीय विराट सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बागमती प्रदेश ००३ प १६२२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको बताइएको छ। स्थानीयका अनुसार सुनार गएराति बजारबाट घरतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हुन सक्ने अनुमान गरिएको छ।
आइतबार बिहान युवक मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।













