News Portal

रेडियो सुन्नुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

झुलेनी नेटवर्क२०८३ वैशाख ३१
४२७ पटक
२०८३ वैशाख ३१

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका छन्को । आफ्ना दैनिकी समेत अरुको सहारामा चलाउनुुपर्ने बाध्यतामा रहनुभएका गयल मगरको घरमा बुधबार प्यूठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्मा सहितको टोलि चिकित्सक लगेर पुग्यो ।

डा. भावना पोख्रेलले सिफारिस गरेपछि अपांगता परिचयपत्र वितरण कार्यविधि २०७८ बमोजिम गठित स्थानीय समन्वय समितिका संयोजक समेत रहेका वर्माले गयललाई ‘क’ वर्गको अपांगता परिचयपत्र हस्तान्तरण गरे।

बुधबार नै प्यूठान नगरपालिका वडा नं. ८ मा पुगेर मेरुदण्ड भाँचिएर थला पर्नुभएका मधु कुमाललाई पनि ‘ख’ वर्गको परिचयपत्र दिईएको छ ।
प्यूठान नगरपालिकाले अशक्तताको कारण परिचयपत्र बनाउन अप्ठ्यारो भएका नगरवासिलाई घरमै पुगेर अपांगता परिचयपत्र वितरण गर्ने गरेको छ ।

‘चिकित्सकको सिफारिसमा स्थानीय समन्वय समितिले परिचयपत्र उपलब्ध गराउँछ’ उपमेयर एवं समितिका संयोजक वर्माले भने –’जनप्रतिनिधिको समन्वयमा निवेदन प्राप्त भएपछि हामि घरमै पुगेर परिचयपत्र वितरण गरेका छौँ । अशक्त नगरवासिलाई घरमै पुगेर परिचय पत्र दिने कार्य आगामि दिनमा पनि निरन्तर रहन्छ ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...