News Portal

रेडियो सुन्नुहोस्

एकनारायण भण्डारीले बिमल राज क्षेत्रीलाई बनाइदिएको बुट्टे रूमाल भाइरल बन्दै हेर्नुस् भिडियो सहित

गोविन्द, विश्वकर्मा काठमाडौं
१८८८ पटक
काठमाडौं

नेपाली लोक दोहोरी गीत संगीतको क्षेत्रमा सर्वाधिक रूचाइएको नाम तथा गायक हुन बिमलराज क्षेत्री उनी विगत लामो समयदेखि नै गीत संगीतको मैदानमा अहोरात्र खटिरहेका छन ।

उनको स्वरमा रहेका सयौं गीत सांगीतिक बजारमा लोकप्रिय बनेका पनि छन । उनैै गायक क्षेत्री पछिल्लो समय एउटा शसक्त प्रस्तुति लिएर दर्शक श्रोता सामु आएका छन । आउने मात्र हैन फेरि धेरै दर्शक श्रोताको माया पनि पाएका छन । जुन गीत हो “बुट्टे रुमाल” ।

गीतको नामांकित विगतमा निकै चर्चा पाएको गीत सुपारी चाम्रो संग जोडेर त्यसकै भाग २ बनाइएको छ । लोकप्रिय, व्यस्त एवम सफल अझ भनाै सबै खाले गीत संगीतको सृजनामा एकछत्र राज गरिरहनु भएका सर्जक एकनारायण भण्डारीको उत्कृष्ट शब्द संगीत रहेको यस गीतमा आवाज विमलराज क्षेत्री र लोकप्रिय गायिका अञ्जु पन्तको स्वर रहेको छ ।

बरिस्ठ संगीतकार एवम् एरेन्जर (संगीत संयोजक) बिबि अनुरागीले संगीत संयोजन गर्नुभएको यस गीतको अडियो सम्पादन चर्चित ध्वनि सम्पादक एवम् साउण्ड ईन्जिनियर श्यामश्वेत रसाइलीले गर्नुभएको हो भने रेकर्डिङ प्रिज्म डिजिटल स्टुडियोमा गरिएको गायक क्षेत्रीले जानकारी दिएका छन ।

अझ गीतलाई अझैै उत्कृष्ट र फरक  बनाउनकाा लागि  प्रियंका कार्कीलाई नृत्यमा समावेश गरिएको छ भने प्रियंकालाई गम्भीर बिष्टले साथ दिएका छन, म्यूजिक भिडियोको कोरियोग्राफर पनि बिष्ट नै हुन ।

ज्ञानेन्द्र शर्माको छायांकन र नविन निरौलाको सम्पादनमा भिडियो तयार पारिएको छ। मौलिक नेपाली शब्दलाई डान्सिङ बिटमा तयार गरीएको यो गीतले सबैको मन जित्न समेत सफल भएको छ ।

दोहोरी गीतका स्रोतामाझ अत्यन्त प्रिय यि गायकका बल्लै भो भेट, सुपारी राम्रो, डुल्छु रनबन, रानि घाटैमा, एक्लो परानी, औठी कुसैको, हिमाल सेतैछ, मागे जति वर्दान पाको भा, जापान टोकियो लगायतका गीतहरु दशक अघि देखी आज सम्म पनि उत्तीकै लोकप्रिय गीतहरु हुन, गीतले युटुबमा मात्रै ५ लाख भन्दा बढी दर्शक पाइसकेको छ । गीत अझै सफल बनोस् हाम्रो पनि शुभकामना ।

बाकी पूरा भिडियोबाट हेर्नुहोस :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...