News Portal

रेडियो सुन्नुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

झुलेनी नेटवर्क२०८३ असार ५
३५४ पटक
२०८३ असार ५

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको छ । शुक्रबार गाउँटोल आयोजना उद्घाटन संगै लाभान्वित समुायलाई सफा र स्वच्छ समुदाय घोषणा गरिएको छ ।

३६ लाख ३७ हजार ४ सय ६५ रुपैयाँ लागतमा निर्मित गाउँटोल खानेपानी आयोजनाबाट ६९ परिवार लावान्वित भएका छन् । स्थानीय उपभोक्ताको १० लाख ६० हजार १ सय १९ रुपैयाँ बराबरको श्रमदान, गौमुखी गाउँपालिकाको ९ लाख ८७ हजार ६ य ३९ रुपैयाँ र नेपाल स्वास्थ्यका लागि पानी-नेवा) कार्यक्रमको १५ लाख ८९ हजार ७ सय ७ रुपैयाँ लागतमा उक्त आयोजना निर्माण भएको हो । शुक्रबार गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरील रिवन काट्दै नवनिर्मित धाराबाट पानि खोलेर आयोजनाको उद्घाटन गरेका थिए ।

आयोजना उद्घाटन गर्दै अध्यक्ष गिरीले गौमखी गाउँपालिकाको एक घर एक धारा पुर्याउने लक्ष्य अन्तरगत पालिका, नेवा र स्थानीय उपभोक्ताकोे साझेदारीमा पालिकामा ९ वटा खानेपानी परियोजना निर्माण सम्पन्न हुने चरणमा रहेको जानकारी दिए ।

खानेपानी आयोजनामार्फत घर घरमा धारा बनेपछि खानेपानीका लागि लाईन कुर्नुपर्ने, कुवा र खोल्साको पानी खानुपर्ने वाध्यताबाट मुक्त भएको आयोजनाका उपभोक्ता रिता बढाले बताइन् । आयोजनाका स्थानीय मर्मत कार्यकर्ता अमर सुनारले आयोजना सम्पन्न भएसंगै आफुहरुको दैनिकिमा निकै सहजता आएको बताए ।

गाउँपालिका, नेवा परियोजना र उपभोक्ताको साझेदारीमा सम्पन्न हुने ९ वटा आयोजनाबाट गौमुखी गाउँपालिकाका ४ सय ९७ वटा खानेपानी धाराहरु निर्माण भएको उपाध्यक्ष महाविर रानाले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...