News Portal

रेडियो सुन्नुहोस्

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

झुलेनी नेटवर्क २०८३ साउन १९ गते
२६५ पटक
२०८३ साउन १९ गते
सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर श्रमदान । स्थानीय किसानहरूको नियति नै यही थियो । खोलाबाट कुलो त ल्याए, तर कच्ची कुलो भएकाले दुःख कहिल्यै सकिएन । तर, जब किसानको यो वर्षौंदेखिको समस्या सरकारले सुन्यो, तब योजना सम्पन्न भएका क्षेत्रका किसानका अनुहारमा खुसी छाएको छ ।
यस वर्ष सिंचाइ योजना सम्पन्न भएका प्यूठान नगरपालिका –८ , स्वर्गद्धारी नगरपालिका –३ र ९ नम्बर वडाका किसान आफूहरुको जमिनमा सिंचाइ गर्ने कुलो पक्की बनेपछि खुसी भएका हुन् । प्यूठानको अन्नभण्डार अर्थात् मानो रोपेर मुरी फलाउने झिमरुक उपत्यकाको फाँट क्षेत्रलाई सिंचाइ गर्न भनेर २०४४ सालमा निर्माण गरिएको ऐतिहासिक  धर्मावती सिंचाइ नहर  जीर्ण बनेपछि यहाँका किसान चिन्तित थिए । तर यसवर्ष एलबी÷रमि विकास जेभीले  निर्माणको जिम्मा लिएर नहर सम्पन्न गरेको छ । ४ करोड ९६ लाख ३ हजारको लागत अनुमान गरिएको यो नहरलाई २ करोड ५१ लाख ८७ हजार रुपैयाँमा पुनर्निर्माण सम्पन्न गरेको छ । यसबाट प्यूठान नगरपालिका वडा नम्बर ८ का दम्ती, खप्रेङखोला र बाग्दुला क्षेत्रका २ हजार ७ सय ३१ जना किसानको १ सय ५० हेक्टर जमिनमा सहज सिंचाइ पुगेको छ ।
झिमरुकको पानी बाह्रैमास खेतमा आउन थालेपछि अहिले यहाँका किसान परम्परागत खेती छाडेर व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएको कुलो समितिका अध्यक्ष कृष्ण पन्थीले बताए । प्यूठान नगरपालिकाको धर्मावतिमा मात्र होइन यस वर्ष स्वर्गद्धारी नगरपालिका क्षेत्रमा दुइ वटा सिंचाइ योजनाहरु सम्पन्न भएपछि स्थानीय किसान खुसी भएका छन् ।
२०११ सालदेखि कागपाती खोलाबाट श्रमदान गरेर ल्याइएको कुलोलाई अहिले आधुनिक रूप दिइएको छ । ’दिवाङ सिंचाइ स्वर्गद्वारी–९ योजना’ अन्तर्गत ३ करोड ३५ लाख ८४ हजार रुपैयाँको लागत अनुमान गरिएकोमा, १ करोड ४७ लाख ६३ हजार रुपैयाँमा यो योजना सम्पन्न भएको छ । रोल्पाको हरीभक्त निर्माण सेवाले निर्माण गरेको यो पक्की कुलोले स्वर्गद्वारी ९ का वल्लोदिवाङ, पल्लोदिवाङ, दमारा र लामाचौर क्षेत्रका २ हजार ५ सय ४० जना किसानको ५० हेक्टर जमिनमा बाह्रैमास सिंचाइ पु¥याएको छ। कुलो निर्माण सम्पन्न भएपछि स्थानीयलाई महिनौ श्रमदान गर्न पर्ने बाध्यता हटेको स्थानीय नरेश सिंह धामीले बताए ।
 यस्तै कच्ची कुलो मर्मत गर्नकै लागि बर्षेनी महिनौंसम्म श्रमदान गर्नुपर्ने अर्को बाध्यता स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ मा पनि थियो । ४ करोड ५० लाख २१ हजार रुपैयाँ लागत अनुमान गरिएको ’धनबाङ खोला ठूलोकुलो सिंचाइ योजना’लाई डिभी÷शिशिर बसन्त जेभी सुर्खेतले २ करोड ७ लाख ८० हजार रुपैयाँमा सम्पन्न गरेको जलस्रोत तथा सिंचाइ डिभिजन कार्यलय प्यूठानका प्रमुख नवराज पोख्रेलले बताए । यहाँको पक्की बाँध र कुलो बनेपछि भद्रपुर, चिरावारी, ददेरी र उपल्लो भिगृका ६ हजार ३ सय स्थानीयको १ सय ७ हेक्टर जमिन सिञ्चित भएको छ । अहिले यहाँका किसानहरू ढुक्कले खेती गरिरहेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...