News Portal

रेडियो सुन्नुहोस्

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

झुलेनी नेटवर्क २०८३ श्रावण २८ गते
१७४ पटक
२०८३ श्रावण २८ गते

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्।
प्यूठानको माडी र लुङ्ग्री खोलाको किनारमा ५ जनाको बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ ।गयराती रोल्पामा गएको पहिरोमा परी बेपत्ता भएकाहरुको शव खोलाले बगाएर ल्याएको हुनसक्ने आशंका गरिएको छ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार स्वर्गद्वारी नगरपालिका–९ जुडापाटास्थित माडी खोलाको किनारमा नाम, थर र वतन नखुलेका करिब १२÷१३ वर्षका बालकको शव फेला परेको छ।

त्यस्तै, स्वर्गद्वारी नगरपालिका–३ किमिचौरस्थित माडी खोलाको किनारमा पुरुषको शव फेला, त्यस्तै वडा नं. ४ गोठीबाङस्थित माडी खोलाको किनारमा महिलाको शव फेला र स्वर्गद्वारी नगरपालिका–५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा समेत नाम, थर र वतन नखुलेकी महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। त्यस्तै जिल्ला प्युठान स्वर्गद्वारी नगरपालिका –०५ सरोजा स्थित लुङ्ग्री खोलाको किनारमा पनि नाम, थर र वतन नखुलेको महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। शवहरूको पहिचान तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...