News Portal

रेडियो सुन्नुहोस्

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

झुलेनी नेटवर्क २०८३ भदौ ११ गते
३० पटक
२०८३ भदौ ११ गते
         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत शैली पछिल्लो समय फेरिँदै गएको छ । पहिले जन्मदिनमा मिठाई बाँड्ने, आफन्त तथा साथीभाइसँग शुभकामना साटासाट गर्ने र सामान्य उपहार दिने चलन रहे पनि अहिले नयाँ–नयाँ शैली अपनाउन थालिएको छन् । हाम्रा संस्कार र संस्कृति परिमार्जित हुँदै गएका छन्।
      विशेषगरी युवापुस्तामा जन्मदिनलाई आकर्षक र स्मरणीय  बनाउने क्रममा उपहारको शैलीसमेत परिवर्तन हुँदै गएको देखिन्छ। पहिले जन्मदिनमा घरमै मिठा–मिठा परिकार पकाउने, परिवारका सदस्यले आशीर्वाद दिने र आफन्तलाई बोलाउने चलन बढी थियो। अहिले भने केक काट्ने, साथीभाइसँग जमघट गर्ने, .रेस्टुरेन्ट तथा पार्टी प्यालेसमा कार्यक्रम गर्ने, फोटो तथा      भिडियो बनाएर       सामाजिक            सञ्जालमा राख्ने चलन बढेको छ।       बालबालिका तथा युवायुवतीमा यस्तो शैली अझ बढी देखिन थालेको छ । केहि समय यता वैदेशिक रोजगारी वा विदेशमा रहेका आफन्तहरूले प्यूठानमा रहेका आफ्ना परिवारलाई  जन्मदिनमा सरप्राइज दिने नयाँ चलन सुरु भएको छ।
   पछिल्लो समय जन्मदिन तथा विशेष अवसरलाई लक्षित गरी नेपाली नोटबाट आकर्षक बुके बनाएर दिने चलन शुभारम्भ भएको हो ।
प्यूठानको मल्लरानी    गाउँपालिका वडा नं.–२ चँुजाका २७ बर्षिय मनिष सिंङ खत्री दम्पतिले अहिले प्यूठान नगरपालिका–४, भौकामा नेपाली नोटबाट आकर्षक बुके बनाएर  जन्मदिनको सरप्राइज (द्यष्चतजमबथ क्गचउचष्कभ) सामग्री पु¥याउने काम थालेका छन्।
ब्याचलर पढ्दै गरेका मनिष र उनकी श्रीमती सुनिता गुरुङले प्यूठान नगरपालिका –४ भौकामा कोठाभाडामा लिएर हाइटेक कम्प्यूटर इस्टिच्युटसँँगै व्यवसायिक रुपमा विदेशमा रहेका आफन्तको अर्डर अनुसार केही शुल्क लिएर नगद, फूल र चकलेटको बुके, फोटो फ्रेम, उपहार र केक घरदैलोमै पु¥याइदिने गरेको बताउँछन् ।
जन्मदिनको सरप्राइज (Birthday Surprise) सामग्री पु¥याउने यस्ता बुके     जन्मदिन,         विवाह, बिदाइ तथा अन्य विशेष अवसरमा उपहारका रूपमा प्रयोग गर्न सकिने व्यवसायीहरू      बताउँछन्। ग्राहकको चाहना र बजेटअनुसार बुके तयार गर्ने भएकाले यस प्रकारको व्यवसायले नयाँ पुस्ताको रुचि र बदलिँदो उपहार संस्कृतिलाई समेत समेटेको     मनिष बताउँछन ।
फूल,नोट र चकलेटबाट बनाइने बुकेजस्ता नयाँ व्यवसायले बदलिँदो    जन्मदिन संस्कृतिसँगै स्थानीय स्तरमा सिर्जनात्मक रोजगारी र व्यवसायका सम्भावना पनि देखाएको उनको बुझाई छ। समयसँगै जन्मदिन मनाउने शैली फेरिए पनि त्यसको उद्देश्य भने आफ्ना प्रियजनप्रति माया, शुभेच्छा र खुसी व्यक्त गर्नु नै रहेको मनिषको भनाई छ ।
   विभिन्न मूल्यका नोटलाई कलात्मक ढङ्गले     मिलाएर फूलको आकारमा तयार गरिएका बुके उपहारका रूपमा प्रयोग हुन थालेपछि यसले     जन्मदिनमा दिइने परम्परागत फूल तथा     सामान्य उपहारभन्दा फरक आकर्षण थपेको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...