News Portal

रेडियो सुन्नुहोस्

चर्चा कमाउनु समाज सेवा होईन, गरिवीमा पिल्सिएकालाई राहत प्रदान गर्नु नै समाज सेवा हो

सिखबर संवाददाता
१८०३ पटक

तेह्रथुम जिल्लाको ओयाक्जुङ ५ मा २०४३ साल असोज ३ गते बुबा पुन्य प्रसाद बास्कोटा आमा बाल कुमारी बास्कोटाको कोखबाट जन्मीएका देब बास्कोटा प्रबास भुमीमा बगाएको पसिनाको कमाईलाई समाजसेवामा लगानी गर्दै आएका छन ।  लाखौ खर्च गरेर प्रबासी भुमी ईजराईल पुगेर समाजसेवा गर्दै आएका छन् । सानैमा आर्थीक अभाबका कारण आमाको काखबाट छुटिनु परेको तितो यार्थथलाई आत्मासाथ गर्दै समाजसेवाको बाटो रोजेका बास्कोटा समाजसेवाको एक नक्षेत्र हुन । उनीसँग हाम्रा सहकर्मी प्रकाश पाक्साँवाले गर्नु भएको कुराकानी हामीले राखेका छौ

१ स्वागत छ तपाईलाई हाम्रो अनलाईन पत्रिकामा
–धन्याबाद ।

२ हाल तपाई के गर्दै हुनुहुन्छ ?
–प्रबासमा रहेकोले ड्युटीमा नै प्राय ब्यास्त रहन्छु र बचेको समय समाजसेवामा खर्च गर्दै आएको छु ।

३ तपाई कसरी समाज सेवामा प्रबेश गर्नु भयो ?
–­­म समाजसेवामा प्रबेश कसरी गए भन्दा सानैमा आमा गुमाएकोले र आर्थीक कम्जोरीका कारण उपचार गर्न नसकी पिडीत भएर जिबन मरणको दोसाँधमा रहेका ब्याक्तीहरुलाई सेवा गर्नु राम्रो कुरा ठाने र म मैले गरेका् सेवाले कसैको जिबन बाँच्छ भने किन समाजसेवा नगर्ने हो भनेर म समाजका लागी केही सेवा गर्ने उदेश्यका साथ समाजसेवामा प्रबेश गरेको हौ ।

४ तपाईले कस्तो ब्यात्तीहरु माथी  समाजसेवा गर्नु भएको छ ?
–आर्थीक अभाबका कारण उपचारमा समस्या भएर  मृत्यृ शैयामा छटपटी रहेका ब्याक्तीहरुका साथै समाजमा रहेर केही उर्जाशिल काम गर्ने नसकेका ब्याक्ती समुह संस्थाहरुलाई सहयोग गर्दै आएको् छु ।

५ तपाईको बिचारमा समाजसेवा  भनेको के हो जस्तो लाग्छ ?
–समाजसेवा भनेको समाजको गाँउ ठाँउमा रहेका निमुखा गरीबीले पिल्सेकाहरुलाई केही राहात गर्नुको साथै समाजलाई सकरात्मक बाटोमा अगाढी बढाउनका लागी मनैदेखी आर्थीक भौतिक तथा नैतिक रुपमा लागेर अगाडी बड्नु नै समाजसेवा हो जस्तो लाग्छ ।

६ तपाईले अहिले सम्म कहाँ कहाँ कस्ता कस्ता ब्यात्तीहरुलाई सहयोग गर्नु भएको छ ?
–मैले सबै भन्दा पहिले म र लगायत ईजराईमा रहेरका भिबिन्न साथीहरुको सँग मिलेर पाँन्थर रानिटारका मृगौला पिडित तारा नेम्बाङ ७० हजार तेह्रथुम सिम्लेका  मृगौला पिडीत गोपाल निङलेकुलाई म अनी सहयोगी सुजन निङलेकु अनी तुलसी बास्कोटाको सहयोगमा ९० हजार तेह्रथुमको सदरमुकाममा सञ्चालन भएको बाताबरण मैत्री  श्री कृष्ण जन्म अस्टमी मेला तथा फुटबल प्रतियोगिता २०७२ का लागी ५० हजार तेह्रथुम हमरजुङ ४ का भुकम्प पिडित भद्र कुमारी तोलाङीलाई १० हजार तिजोक युबा क्लब पान्थरलाई आफनै संस्था पाथीभारा मिडीया ग्रुफका बिभीन्न ब्यात्ती सँग मिलेर ७० हजार संखुवासभाको मादीमा रहेको फुटबल क्लब ( निरोज लामा ) लाई ५ हजार  मिडिया क्लब सुम्हालुङ एफएम पान्थरलाई १० हजार लाई सहयोग गरेको छु ।

७ तपाईले समाजसेवामा महत्वपुर्ण काम के गरे जस्तो लाग्छ ?
–मैले समाजसेवामा महत्वपुर्ण काम भनेको जिबन र मृत्युको दोसाधमा रहेका पान्थरका तारा नेम्बाङ तेह्रथुमका गोपाल निङलकुलाई म र  लगायतका साथीहरुलाको साथ सहयोग उनीको जीबन रक्षा गर्न नै केही महत्वपुर्ण काम गरेको जस्तो लाग्छ ।

८ आगामी दिनमा समाजसेवालाई कसरी अगाडी बढाउने सोच बनाउनु भएको छ ?
–आगामी दिनहरुमा आर्थीक कम्जोरीका कारण उपचारमा समस्या भएका  पिडितहरुका साथै केही सहयोगले प्रगतीको लागी राहात पुग्ने प्रबासमा रहे पनि नेपालमा रहे पनि सक्दो गर्ने  ब्याक्ती समुह र संस्थाहरुलाई मैले सक्ने सेवा आर्थीक भौतिक तथा नैतिक रुपमा प्रबासमा रहे पनि नेपालमा भए पनि सहयोग गर्दै अगाडी बढ्ने सोच बनाएको छु ।

९ समाजसेवामा कस्ता कस्ता समस्या र चुनौतीहरु सामना गर्नु भएको छ ?
–समस्या र चुनौती छ नै कोही यस्ता ब्यात्ती पनि छन जो आफै पनि केही गर्दैनन र अरुले गरेको पनि देख्न नसक्ने कुरा काट्नेहरु पनि पाएको छु तर जस्तै समस्या चुनौती आए पनि सामना गर्दै अगाडी बढ्ने अठोत लिएको छु  ।

१० चर्चामा आउन मात्र समाजसेवा गर्नु भएको होकी ? खास उदेश्य के हो ?
–चर्चामा आउनको लागी भन्दा पनी मैले सानैमा आर्थीक कम्जोरी कारण मलाई जन्म दिने आमा गुमाए अहिले पनि कैयौले आर्थीक कम्जोरी कै कारण म जस्तै अरुले पनि आमा बुबा लगायत परिवारका सदस्यहरुका साथै आफन्तहरु गुमाई रहेको देख्दा मैले गरेको सेवाले कसैलाई केही सहयोगले पुग्छ कसैको जिबन बाँच्छ भने किन सहयोग गर्ने भन्ने हो । मलाई अरुले जे भन्लान पैसा कमायो चर्चामा आउन पैसा खर्च गर्याे भनेर, तर मेरो उदेश्य पिडीतहरुलाई केही राहात दिने हो मेरो सानो सहयोगले कसैले जिबनदान पाउन सकोस कुनै संस्था या समुहले प्रगतीको लागी राहात पुगोस भन्ने उदेश्यले समाजसेवा गर्दै आएको छु ।

११ अन्त्यमा केही भन्नु छ की ?
–जस्ले धेरै पैसा धन सम्पती कमाउनु भएको छ मरेर कसैले केही लानु हुन्न समाजमा रहेका पिडित भएका समुदाय तथा ब्याक्ती संघ संस्थाहरुलाई मैले गरेको सानो सहयोग जस्तै तपाईहरुले पनि समाजका लागी केही सहयोग गर्नुहोस तपाईहरुले मद्यपान तथा धुम्रपानमा हजारौ सकी रहनु भएको छ सो रमकले कसैको घरमा राहात पुग्नेछ भन्न चाहान्छु र आगामी दिनमा पनि समाजका लागी सेवा गरी रहने यो तपाइहरुको सञ्चार माध्यमबाट प्रतिबद्धता गर्न चाहान्छु । साथै तपाईहरले मेरो केही कुरा यसरी राख्न दिनु भएकोमा तपाई लगायत सम्पुर्ण टिम प्रति आभारी छु ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...