News Portal

रेडियो सुन्नुहोस्

सालैजोका धरोहर शर्मिला गुरुङ र राजु गुरुङको आवाजमा “बासाना चल्यो” सार्वजनिक

गोविन्द विश्वकर्मा
२२१९ पटक

नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा उच्च स्थानबाट परिचित भएको नाम हो शर्मिला गुरुङ, जुन नामले नेपाली गीत संगीतको स्तरउन्तीको निम्ति निकै ठुलो र महत्वपूर्ण र योगदान गरेको छ ।

विशेष गरेर नेपाली मौलिकता बोकेका गीत संगीतमा आफ्नो आवाज दिएर लाखौं दर्शक श्रोताका मन जितेकी उनै गायिका गुरुङले पछिल्लो समय रविना गुरुङ “आशा” को प्रस्तुतीमा “बासाना चल्यो” नामक नयाँ सालैजो गीत लिएर बजारमा आउनुभएको छ । गीतको बजार व्यवस्थापन साँकुरा डिजिटलले गरेको छ ।

आफ्नै शब्द संगीत एवम् स्वर रहेको यस गीतमा स्वरमा भने चर्चित गायक राजु गुरुङले साथ दिनुभएको छ । लोकप्रिय संगीत संयोजक बिबि अनुरागीको संगीत संयोजनमा तयार पारिएको यस गीतको रेकर्डिङ प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा गरिएको हो भने गीतको ध्वनी सम्पादन सर्बाधिक रुचाइएका ध्वनी सम्पादक श्यामश्वेत रसाइलीले गर्नुभएको छ ।

म्यूजिक भिडियोमा निर आले मगर, आरुषि मगर लगायत अन्य कलाकारहरुको बेजोड नृत्य देख्न सकिन्छ । चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन रहेको यस म्यूजिक भिडियोको छायाँकन राजेश घिमिरेले गर्नुभएको छ भने सम्पादन विष्णु शर्माले गर्नुभएको हो ।
म्यूजिक भिडियो गायिका शर्मिला गुरुङको आफ्नै अफिसियल युटुव च्यानल बाट सार्वजनिक गरिएको छ । गीत अत्यन्तै राम्रो बनेर आएको छ सबैखाले दर्शक श्रोताको मन जितोस हाम्रो तर्फबाट पनि शुभकामना ।

भिडियो

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...