News Portal

रेडियो सुन्नुहोस्

सालैजोका धरोहर शर्मिला गुरुङ र राजु गुरुङको आवाजमा “बासाना चल्यो” सार्वजनिक

गोविन्द विश्वकर्मा
१६६५ पटक

नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा उच्च स्थानबाट परिचित भएको नाम हो शर्मिला गुरुङ, जुन नामले नेपाली गीत संगीतको स्तरउन्तीको निम्ति निकै ठुलो र महत्वपूर्ण र योगदान गरेको छ ।

विशेष गरेर नेपाली मौलिकता बोकेका गीत संगीतमा आफ्नो आवाज दिएर लाखौं दर्शक श्रोताका मन जितेकी उनै गायिका गुरुङले पछिल्लो समय रविना गुरुङ “आशा” को प्रस्तुतीमा “बासाना चल्यो” नामक नयाँ सालैजो गीत लिएर बजारमा आउनुभएको छ । गीतको बजार व्यवस्थापन साँकुरा डिजिटलले गरेको छ ।

आफ्नै शब्द संगीत एवम् स्वर रहेको यस गीतमा स्वरमा भने चर्चित गायक राजु गुरुङले साथ दिनुभएको छ । लोकप्रिय संगीत संयोजक बिबि अनुरागीको संगीत संयोजनमा तयार पारिएको यस गीतको रेकर्डिङ प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा गरिएको हो भने गीतको ध्वनी सम्पादन सर्बाधिक रुचाइएका ध्वनी सम्पादक श्यामश्वेत रसाइलीले गर्नुभएको छ ।

म्यूजिक भिडियोमा निर आले मगर, आरुषि मगर लगायत अन्य कलाकारहरुको बेजोड नृत्य देख्न सकिन्छ । चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन रहेको यस म्यूजिक भिडियोको छायाँकन राजेश घिमिरेले गर्नुभएको छ भने सम्पादन विष्णु शर्माले गर्नुभएको हो ।
म्यूजिक भिडियो गायिका शर्मिला गुरुङको आफ्नै अफिसियल युटुव च्यानल बाट सार्वजनिक गरिएको छ । गीत अत्यन्तै राम्रो बनेर आएको छ सबैखाले दर्शक श्रोताको मन जितोस हाम्रो तर्फबाट पनि शुभकामना ।

भिडियो

प्रतिकृया दिनुहोस्

सुत्लावाङ जिप दुर्घटना अपडेटः एक जनाको मृत्यु

नौबहिनी गाउँपालिका–४ सुत्लावाङमा आइतबार भएको जिप दुर्घटनामा घाइते भएका एक पुरुषको मृत्यु भएको छ ।...

सुत्लावाङ जिप दुर्घटना अपडेटः चालक सहित नौ जना घाइते, चार जना बुटवल रिफर

प्यूठानको सुत्लावाङमा भएको गाडी दुर्घटनामा चालक सहित नौ जना घाइते भएका छन् । बहानेबाट सुत्लावाङको...

प्यूठानमा गाडी दुर्घटना, आठ जना घाइते

प्यूठानमा गाडी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बहानेबाट सुत्लावाङको लागि छुटेको लु...

नेकपा (एमाले) प्यूठान नगर कमिटीले बुझायो नगरपालिकालाई १६ बुँदे ध्यानाकर्षण पत्र

नेकपा एमाले प्यूठान नगरकमिटीले प्यूठान नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । नगरकमिटी अध्यक्ष गिरुप्रसाद भण्डारी...

गौमुखीमा एक पुरुष मृत अवस्थामा भेटिए

प्यूठानमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । शनिबार विहान प्यूठानको गौमुखी गाउँपालिका...