News Portal

रेडियो सुन्नुहोस्

जनपरिषद प्यूठानको प्रमुखमा विश्वास क्षेत्रि निर्वाचित

गोविन्द विश्वकर्माचैत्र २१ उदयपुरकोट प्यूठान
११५७ पटक
चैत्र २१ उदयपुरकोट प्यूठान

जिल्ला जनपरिषद प्यूठानको प्रमुखमा विश्वास क्षेत्रि निर्वाचित भएका छन्।

आज माण्डवि गाउंपालिका उदयपुरकोटमा सम्पन्न जिल्ला जनपरिषद प्यूठानको जिल्ला सम्मेलनले क्षेत्रिको अध्यक्षतामा उपप्रमुख चाईना रहेको ११ सदस्यिय जिल्ला जनपरिषद निर्वाचित गरेको छ।

नेपाल कम्यूनिष्ट पार्टीले संसदको अभ्यासस्वरुप जनप्रतिनिधि सभा र जनसरकारको रुपमा जनपरिषद चलाईरहेको छ।

सम्मेलनवाटै भगवता ठेडि प्रमुख र ईमानसिंह परियार उपप्रमुख रहेको ३५ सदस्यिय जिल्ला जनप्रतिनिधिसभा गठन भएको छ।

कार्यक्रममा वोल्दै प्रमुख अथिति एवं मगरात स्वायत्त प्रदेश जनपरिषद प्रमुख नन्द वहादुर वुढा(विजय) ले वर्तमान सत्ताले जनतामा गरेको अन्याय, अत्याचार, भ्रष्टाचार र वेथितिको भण्डाफोर गरि जनताको सेवा गर्न जनपरिषद गठन कार्य देशव्यापि रुपमा अगाडि वढाइएको वताउनु भयो।

उहांले निर्वाचित पदाधिकारीलाई जनताको सेवामा प्रतिवद्ध रहेर लाग्न र वर्तमान संसदिय सत्ताले गरेको अन्याय र भ्रष्टाचारको भण्डाफोर गर्न समेत निर्देशन दिनुभयो।

यस्तै कार्यक्रमका विशिष्ट अथिति एवं नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा राप्ती व्यूरो प्रमुख सुवास वाठामगरले सरकारले जनवजस्त मुलुकमा युद्ध निम्त्याउन लागेको वताउनु भयो।

जनताले उठाईरहेको आन्दोलनलाई दमन गर्न र क्रान्तिकारी आन्दोलन कमजोर गराउन केपि ओलि नेतृत्वको सरकारले नेकपा का नेता कार्याकर्तालाई पक्राउ गरि झुठा मुद्धा लगाएको भन्दै उहाले यो कार्यले सरकार स्वयंको आयु घटिरहेको समेत दावि गर्नुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...

२०८२ वर्ष बुढो नयाँ वर्षको शुभकामना !

आज नयाँ वर्ष । यस वर्षको नयाँ दिन । यसको रौनकले जताततै छपक्कै छाएको छ...

आफैले पेट्रोल खन्याएर आगो लगाउँदा ८० वर्षीय वृद्धको मृत्यु

बागलुङमा ८० वर्षीय एक वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका छन् । बागलुङको ताराखोला...