News Portal

रेडियो सुन्नुहोस्

जनपरिषद प्यूठानको प्रमुखमा विश्वास क्षेत्रि निर्वाचित

गोविन्द विश्वकर्माचैत्र २१ उदयपुरकोट प्यूठान
१५०१ पटक
चैत्र २१ उदयपुरकोट प्यूठान

जिल्ला जनपरिषद प्यूठानको प्रमुखमा विश्वास क्षेत्रि निर्वाचित भएका छन्।

आज माण्डवि गाउंपालिका उदयपुरकोटमा सम्पन्न जिल्ला जनपरिषद प्यूठानको जिल्ला सम्मेलनले क्षेत्रिको अध्यक्षतामा उपप्रमुख चाईना रहेको ११ सदस्यिय जिल्ला जनपरिषद निर्वाचित गरेको छ।

नेपाल कम्यूनिष्ट पार्टीले संसदको अभ्यासस्वरुप जनप्रतिनिधि सभा र जनसरकारको रुपमा जनपरिषद चलाईरहेको छ।

सम्मेलनवाटै भगवता ठेडि प्रमुख र ईमानसिंह परियार उपप्रमुख रहेको ३५ सदस्यिय जिल्ला जनप्रतिनिधिसभा गठन भएको छ।

कार्यक्रममा वोल्दै प्रमुख अथिति एवं मगरात स्वायत्त प्रदेश जनपरिषद प्रमुख नन्द वहादुर वुढा(विजय) ले वर्तमान सत्ताले जनतामा गरेको अन्याय, अत्याचार, भ्रष्टाचार र वेथितिको भण्डाफोर गरि जनताको सेवा गर्न जनपरिषद गठन कार्य देशव्यापि रुपमा अगाडि वढाइएको वताउनु भयो।

उहांले निर्वाचित पदाधिकारीलाई जनताको सेवामा प्रतिवद्ध रहेर लाग्न र वर्तमान संसदिय सत्ताले गरेको अन्याय र भ्रष्टाचारको भण्डाफोर गर्न समेत निर्देशन दिनुभयो।

यस्तै कार्यक्रमका विशिष्ट अथिति एवं नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा राप्ती व्यूरो प्रमुख सुवास वाठामगरले सरकारले जनवजस्त मुलुकमा युद्ध निम्त्याउन लागेको वताउनु भयो।

जनताले उठाईरहेको आन्दोलनलाई दमन गर्न र क्रान्तिकारी आन्दोलन कमजोर गराउन केपि ओलि नेतृत्वको सरकारले नेकपा का नेता कार्याकर्तालाई पक्राउ गरि झुठा मुद्धा लगाएको भन्दै उहाले यो कार्यले सरकार स्वयंको आयु घटिरहेको समेत दावि गर्नुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...