News Portal

रेडियो सुन्नुहोस्

हामिले ‘वाम गठवन्धन’को सहमति तोडेका छैनौं’: जनमोर्चा

राजमोले ऐरावती २ मा नेकपाका कार्यकर्ताले स्वतन्त्र उम्मेद्वारी दिएपनी ऐरावती १ र प्यूठान नगरपालीका २ मा नेकपालाई नै सघाउने भएको छ।

सिखबर संवाददाता१२ मंसिर, प्यूठान
१२३० पटक
१२ मंसिर, प्यूठान

राष्ट्रिय जनमोर्चा प्यूठानले प्यूठान जिल्लामा हुने उपनिर्वाचनमा केन्द्रीय सहमति वमोजिम आाफ्ना उम्मेद्वार नभएका स्थानमा नेकपाका उम्मेद्वारलाई मतदान गर्न आफ्ना नेता-कार्यकर्तालाई निर्देशन दिएको छ।

ऐरावती गांउपालिका वर्डा नं २ मा नेकपाका कार्यकर्ताले स्वतन्त्र उम्मेद्वारी दिएसंगै नेकपा र राष्ट्रिय जनमोर्चाविच केन्द्रमा भएको सहमती प्यूठानमा कार्यन्वयन हुने-नहुनेमा आसंका गरिएको थियो। यध्यपि सहमती उल्लंघन नगर्ने राष्ट्रिय जनमोर्चाले वताएसंगै जिल्लामा छाएको अन्यौलता चिरिएको छ।

“ऐरावती २ मा सहमति उल्लंघन गरेर नेकपाका कार्यकर्ताले स्वतन्त्र उम्मेद्वारी दिएका छन्। यध्यपि राष्ट्रिय जनमोर्चा प्यूठानले केन्द्रमा नेकपासंग भएको सहमती वमोजिम नै अगाडि वढेको छ। हामी विश्वासघात गर्दैनौं।”-राष्ट्रिय जनमोर्चा प्यूठानका अध्यक्ष कृष्ण खड्काले भने।

प्यूठान नगरपालीका २ र ऐरावती १ र २ मा उपनिर्वाचन हुदैछ। राष्ट्रिय जनमोर्चाले वाम गठवन्धनमै मतदान गर्न र नेकपाप्रति विश्वासघात नगर्न कार्यकर्तालाई निर्देशन दिएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...