News Portal

रेडियो सुन्नुहोस्

प्यारालाईसिस भएका नेपालीलाइ खड्काद्वारा १० हजार सहयोग

वोमवहादुर परियार२७ मंसिर, प्यूठान
२६१९ पटक
२७ मंसिर, प्यूठान

शरीरको बायाँ भाग नचल्ने गरि बिगत केहि महिनादेखी थलिएर बसेका प्युठान नगरपालिका १ साल्घारीका लाल बहादुर नेपालिलाई प्यूठान नगरपालीका ४ जुम्रिका युवा ब्याबसायी कृष्ण खड्काले आज १० हजार सहयोग हस्तान्तरण गरेका छन।

हाल जुम्रिमा वस्दै आएका नेपालीलाई भदौ ९ गतेदेखि प्यारालाईसिसको समस्या देखिएको थियो। उनले आफ्नो सम्पत्ति बेचेर उपचार गराउन थाले ,तर सुधार हुन सकेन । अहिले ४८ वर्षिय नेपालीको सहारा संगै रहेकि श्रीमती छिन।

आय स्रोतको नाममा फोटोमा देखिएको जुम्री बसपार्कमा एउटा सानो किराना पसल छ । जस्ले कोठा भाडा तिर्न पनि निकै गाह्रो भएको बताउछन । साहुबाट रिण काडेर अहिले सम्म आफ्नो उपचार को लागि ३ लाख खर्च गरिसकेको उनी बताउछन ।अझै आफ्नो उपचार गराउन कति पैसा लाग्ने हो भन्ने कुनै एकिन छैन । तत्काल उनलाई पैसाको नै खाचो छ ।

गहभरी आँसु ल्याउदै लालबहादुर ले भन्छन-“छोराछोरी भैदिएको भएपनी आसा पलाउथ्यो तर कोहि छैन , हात खुट्टा चलाउन मिल्नेभए केही काम गर्ने थिए त्यो पनि मिल्दैन ।”

यस अघि उनलाई प्युठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले ५ हजार र नगरपालिकाबाट ३ हजार गरि जम्मा ८ हजार सहयोग प्राप्त भएको उनले वताए।
लाल बहादुरले अहिले आफ्नो उपचार काठमाडौमा रहेको अस्टाङग आयुर्वेदिक अस्पतालमा गराईराखेका छन । प्रत्यक महिनामा उनको उपचार खर्च २५ हजार आउँछ । तर आयश्रोत केही छैन ।
सामाजिक कार्यमा अग्रसर हुँदै आएका युवा नेता सुमनराज श्रेष्ठ , हरि बस्नेत , लगायतको उपस्थितीमा युवा व्यवसायि खड्काले १० हजार रुपैया लालवहादुर नेपालीको परिवारलाई हस्तान्तरण गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...