ऐरावती गाउँपालीकामा रहेको पालिकाकै पुरानो जनता माध्यामिक विद्यालय विजुलीमा शैच्छिक सत्र २०७६ देखी पलस टु कक्षा संचालन भएको छ । जिल्लाको दुर्गम ठाउमा रहेको विद्यालयले यस शैच्छिक सत्र देखी कक्षा ११ मा शिक्षा संकायका विषयहरु गणित ,अंग्रेजी नेपाली ,स्वस्थय विषयको लागि पठन पाठन सुरु गरेको हो । २०१७ सालमा स्थापना भएको जनता मावि अहिले विभिन्न चरण पार गर्दै ११ र१२ संचालन गर्न सक्ने स्थितिमा पुगेको प्रधानाध्यापक खडानन्द पौडेलले वताउनु भयो ।
विद्यालयको आफ्नो स्रोत नभएपछि सामाजसेवी सहयोगदाता , शिक्षाप्रेमी लगाएत स्थानियको सहयोगमा पलसटु संचालन गर्न लागेको प्रधानाध्यापक पौडेलले बताउनु भयो । विद्यालयको स्तर वृद्धी गर्न स्थानिय सवै लागि परेका छन । १० पास गरिसकेपछी कतिपय विद्यार्थीहरुले पढाई विचैमा छाड्नु पर्ने वाध्यता हटेको छ । ११ कक्षा संचालन सुरु भएर पढाई गर्न सजिलो भएको कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले वताउछन । विद्यालयका शिक्षक अभिभावकहरु ११ र १२ संचालन गर्न लागि परेका छौ पौडेलले भने।
“११ कक्षा संचालन गर्नको लागि विद्यालयबाट निजि शिक्षक राखेका छौ चन्दा उठाउदै तलव खुवाउने हो विद्यालयको आर्थिक अवस्था नाजुक छ ”। विद्यालयमा पलस टु संचालन गर्नका लागि हाल सम्म वीस लाख भन्दा बढी संकलन भएको प्रधानाध्यापक ले बताउनु भयो विद्याालयको लागि स्थानिय सरकार एरावती गाउँपालीकाले खासै चासो नदिएको पौडेलले बताउनु भयो हामी निरन्तर सहयोगी मन खोजी रहेका छौ तर विपन्न तथा पछाडी परेको समुदाएका कारण अली अफ्ठ्यारो भएको पौडेलले बताउनु भयो भयो ।