News Portal

रेडियो सुन्नुहोस्

प्लस टु चलाउन चन्दा उठाउदै विद्यालय (भिडियोसहित)

मधुसुदन पोख्रेल३० मंसिर, प्यूठान
१६७४ पटक
३० मंसिर, प्यूठान

ऐरावती गाउँपालीकामा रहेको पालिकाकै पुरानो जनता माध्यामिक विद्यालय विजुलीमा शैच्छिक सत्र २०७६ देखी पलस टु कक्षा संचालन भएको छ । जिल्लाको दुर्गम ठाउमा रहेको विद्यालयले यस शैच्छिक सत्र देखी कक्षा ११ मा शिक्षा संकायका विषयहरु गणित ,अंग्रेजी नेपाली ,स्वस्थय विषयको लागि पठन पाठन सुरु गरेको हो । २०१७ सालमा स्थापना भएको जनता मावि अहिले विभिन्न चरण पार गर्दै ११ र१२ संचालन गर्न सक्ने स्थितिमा पुगेको प्रधानाध्यापक खडानन्द पौडेलले वताउनु भयो ।
विद्यालयको आफ्नो स्रोत नभएपछि सामाजसेवी सहयोगदाता , शिक्षाप्रेमी लगाएत स्थानियको सहयोगमा पलसटु संचालन गर्न लागेको प्रधानाध्यापक पौडेलले बताउनु भयो । विद्यालयको स्तर वृद्धी गर्न स्थानिय सवै लागि परेका छन । १० पास गरिसकेपछी कतिपय विद्यार्थीहरुले पढाई विचैमा छाड्नु पर्ने वाध्यता हटेको छ । ११ कक्षा संचालन सुरु भएर पढाई गर्न सजिलो भएको कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले वताउछन । विद्यालयका शिक्षक अभिभावकहरु ११ र १२ संचालन गर्न  लागि परेका छौ पौडेलले भने।

“११ कक्षा संचालन गर्नको लागि विद्यालयबाट निजि शिक्षक राखेका छौ चन्दा उठाउदै तलव खुवाउने हो विद्यालयको आर्थिक अवस्था नाजुक छ ”। विद्यालयमा पलस टु संचालन गर्नका लागि हाल सम्म वीस लाख भन्दा बढी संकलन भएको प्रधानाध्यापक ले बताउनु भयो विद्याालयको लागि स्थानिय सरकार एरावती गाउँपालीकाले खासै चासो नदिएको पौडेलले बताउनु भयो हामी निरन्तर सहयोगी मन खोजी रहेका छौ तर विपन्न तथा पछाडी परेको समुदाएका कारण अली अफ्ठ्यारो भएको पौडेलले बताउनु भयो भयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...