News Portal

रेडियो सुन्नुहोस्

प्लस टु चलाउन चन्दा उठाउदै विद्यालय (भिडियोसहित)

मधुसुदन पोख्रेल३० मंसिर, प्यूठान
१८७८ पटक
३० मंसिर, प्यूठान

ऐरावती गाउँपालीकामा रहेको पालिकाकै पुरानो जनता माध्यामिक विद्यालय विजुलीमा शैच्छिक सत्र २०७६ देखी पलस टु कक्षा संचालन भएको छ । जिल्लाको दुर्गम ठाउमा रहेको विद्यालयले यस शैच्छिक सत्र देखी कक्षा ११ मा शिक्षा संकायका विषयहरु गणित ,अंग्रेजी नेपाली ,स्वस्थय विषयको लागि पठन पाठन सुरु गरेको हो । २०१७ सालमा स्थापना भएको जनता मावि अहिले विभिन्न चरण पार गर्दै ११ र१२ संचालन गर्न सक्ने स्थितिमा पुगेको प्रधानाध्यापक खडानन्द पौडेलले वताउनु भयो ।
विद्यालयको आफ्नो स्रोत नभएपछि सामाजसेवी सहयोगदाता , शिक्षाप्रेमी लगाएत स्थानियको सहयोगमा पलसटु संचालन गर्न लागेको प्रधानाध्यापक पौडेलले बताउनु भयो । विद्यालयको स्तर वृद्धी गर्न स्थानिय सवै लागि परेका छन । १० पास गरिसकेपछी कतिपय विद्यार्थीहरुले पढाई विचैमा छाड्नु पर्ने वाध्यता हटेको छ । ११ कक्षा संचालन सुरु भएर पढाई गर्न सजिलो भएको कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले वताउछन । विद्यालयका शिक्षक अभिभावकहरु ११ र १२ संचालन गर्न  लागि परेका छौ पौडेलले भने।

“११ कक्षा संचालन गर्नको लागि विद्यालयबाट निजि शिक्षक राखेका छौ चन्दा उठाउदै तलव खुवाउने हो विद्यालयको आर्थिक अवस्था नाजुक छ ”। विद्यालयमा पलस टु संचालन गर्नका लागि हाल सम्म वीस लाख भन्दा बढी संकलन भएको प्रधानाध्यापक ले बताउनु भयो विद्याालयको लागि स्थानिय सरकार एरावती गाउँपालीकाले खासै चासो नदिएको पौडेलले बताउनु भयो हामी निरन्तर सहयोगी मन खोजी रहेका छौ तर विपन्न तथा पछाडी परेको समुदाएका कारण अली अफ्ठ्यारो भएको पौडेलले बताउनु भयो भयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...