News Portal

रेडियो सुन्नुहोस्

नरीकोटको वालसुधार निमावीमा अक्षकोष स्थापना

सुसिल पुरी
१७१५ पटक

प्युठान,गौमुखि गाउँपालिका ७ नारीकोटमा रहेको श्री वालसुधार निमावीमा पहिलो पटक अक्षकोष स्थापना गरिएको छ । गौमुखी गाउपालिका नारीकोट निवासी शिक्षा प्रेमी एवम समाज सेवी ९० वर्षे वृद्ध सेरबहादुर पुरी १ लाख ५० हजार सोहि गाउँ निवासी शिवलाल थापाले ५० हजार र स्वर्गिय श्रीमान जगत पुरीको सम्झनामा ६० वर्षिय तितला पुरीले रु ५७ हजार गरी जम्मा २ लाख ५७ हजार को शैक्षिक अक्षकोष स्थापना गरेको प्रधाना ध्यापक प्रताप रमण पुरीले बताउनु भयो । शुक्रवार एक कार्यक्रमको आयेजना गरी विद्यालयको शैक्षीक गुणस्तर वृद्धिका लागि अक्षकोष स्थापना गरेको अक्षकोष दाताको भनाई छ । विद्यालयकोशैक्षिक गुणस्तर वृद्धि गर्नका लागि हरेक सहयोगीमन शिक्षा प्रेमी अभिभावकहरुको साथ र सहयोग निरन्तर चाहिने भन्दै अक्षकोष दाताका लागि धन्दयवाद दिदै विद्यालय अझै राम्रो वनाउन आफु लागि पर्ने प्रध्यानाध्यापक पुरीले बताउनु भएको छ । साथै यस अघि वडाको एक मात्र माध्यमिक विद्यालय श्री अमृत जिवन मावी नारीकोटको विद्यालयमा २०६८ सालमा विद्यालयको गुणस्तर वृद्धिका लागि २ लाख ५ हजार सहयोग गर्नु भएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्णु गरी वडा अध्यक्ष श्यमलाल पुरी स्थानिय वुद्धिजिवी,समाजसेवी लगाएतको उपस्थीती रहेको थियो । भने अक्षकोष दातालाई सम्मान समेत गरिएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...