News Portal

रेडियो सुन्नुहोस्

नरीकोटको वालसुधार निमावीमा अक्षकोष स्थापना

सुसिल पुरी
१६६९ पटक

प्युठान,गौमुखि गाउँपालिका ७ नारीकोटमा रहेको श्री वालसुधार निमावीमा पहिलो पटक अक्षकोष स्थापना गरिएको छ । गौमुखी गाउपालिका नारीकोट निवासी शिक्षा प्रेमी एवम समाज सेवी ९० वर्षे वृद्ध सेरबहादुर पुरी १ लाख ५० हजार सोहि गाउँ निवासी शिवलाल थापाले ५० हजार र स्वर्गिय श्रीमान जगत पुरीको सम्झनामा ६० वर्षिय तितला पुरीले रु ५७ हजार गरी जम्मा २ लाख ५७ हजार को शैक्षिक अक्षकोष स्थापना गरेको प्रधाना ध्यापक प्रताप रमण पुरीले बताउनु भयो । शुक्रवार एक कार्यक्रमको आयेजना गरी विद्यालयको शैक्षीक गुणस्तर वृद्धिका लागि अक्षकोष स्थापना गरेको अक्षकोष दाताको भनाई छ । विद्यालयकोशैक्षिक गुणस्तर वृद्धि गर्नका लागि हरेक सहयोगीमन शिक्षा प्रेमी अभिभावकहरुको साथ र सहयोग निरन्तर चाहिने भन्दै अक्षकोष दाताका लागि धन्दयवाद दिदै विद्यालय अझै राम्रो वनाउन आफु लागि पर्ने प्रध्यानाध्यापक पुरीले बताउनु भएको छ । साथै यस अघि वडाको एक मात्र माध्यमिक विद्यालय श्री अमृत जिवन मावी नारीकोटको विद्यालयमा २०६८ सालमा विद्यालयको गुणस्तर वृद्धिका लागि २ लाख ५ हजार सहयोग गर्नु भएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्णु गरी वडा अध्यक्ष श्यमलाल पुरी स्थानिय वुद्धिजिवी,समाजसेवी लगाएतको उपस्थीती रहेको थियो । भने अक्षकोष दातालाई सम्मान समेत गरिएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...