News Portal

रेडियो सुन्नुहोस्

२ दिन वाँकी छँदा के छ स्वर्गद्धारी प्यूठान चौथो महोत्सव–२०७६ को तयारी?

सिखबर संवाददाता६ फागुन, प्यूठान
३१४६ पटक
६ फागुन, प्यूठान

स्थानिय उत्पादनको प्रवद्र्धन, वजारीकरण, र पर्यटन प्रवद्र्धन गर्ने उदेश्यसहित प्यूठान उद्योग वाणिज्य संघले आयोजना गर्न थालेको स्वर्गद्धारी प्यूठान चौथो महोत्सव २०७६ को तयारीलाई तिव्र रुपमा अगाडि वढाईएको छ। यहि फागुन ८ गतेदेखी १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा जिल्लाका उत्पादन, भेषभुषा, कलासंस्कृती, र लघुउद्यमीलाई विशेष प्राथमिकता दिईएको प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतीले वताउनु भयो।

घरेलु तथा लघुउद्यमीका उत्पादन, कृषि उपजको प्रदर्शनी, स्थानिय उत्पादन जस्ता स्थानिय जनताको आयआर्जन र उत्पादनको प्रवद्र्धन गर्नका लागि ५० भन्दा वढि स्टलहरु निशुल्क रुपमा प्रदर्शनिका लागि उपलव्ध गराईने संघले जनाएको छ। “जिल्लाका उत्पादन र कच्चापदार्थ तथा कृषिको प्रदर्शनिका लागि हामिले विशेष व्यवस्था गरेका छौँ।” संघका अध्यक्ष कक्षपतीले भने–“कम्तिमा ५० स्टलहरु निशुल्क रुपमा उपलव्ध हुनेछन्। आवश्यकताअनुसार थप स्टलहरुपनी उपलव्ध गराउन सकिनेछ।”

प्यूठान उद्योग वाणिज्य संघको आयोजनामा हुने व्यापारीक महोत्सवको रुपमा चौथो र धार्मिक महोत्सवसहित पाचौँ महोत्सव हो।

महोत्सवले सुविधा सम्पन्न उद्योग वाणिज्य सभाहल वनाउनेदेखी पर्यटन प्रवद्र्धन, निकासीयोग्य उत्पादनको पहिचान, कृषिको आधुनिकिकरण र स्वदेशि एवं रैथाने उत्पादन र प्रयोगलाई प्रोत्साहन दिई मुलुकमा विद्यमान व्यापार घाटा न्युनिकरणमा सहयोग पुर्याउने लक्ष्य लिएको छ। प्यूठान उद्योग वाणिज्य संघको आयोजनामा हुने व्यापारीक महोत्सवको रुपमा चौथो र धार्मिक महोत्सवसहित पाचौँ महोत्सव हो। स्वर्गद्धारी प्यूठान महोत्सवको नाममा २०६५ सालमा महोत्सव सुरु गरेको उद्योग वाणिज्य संघले २०७१ सालमा मध्यपश्चिम क्षेत्रीय महोत्सव र होटल व्यवसायी संघ प्यूठानसंगको संयुक्त आयोजनामा २०७४ मा स्वर्गद्धारी प्यूठान तेश्रो महोत्सव गरेको थियो। भने २०६८ सालमा धार्मिक महोत्सव आयोजना गरेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...