News Portal

रेडियो सुन्नुहोस्

२ दिन वाँकी छँदा के छ स्वर्गद्धारी प्यूठान चौथो महोत्सव–२०७६ को तयारी?

सिखबर संवाददाता६ फागुन, प्यूठान
२५१४ पटक
६ फागुन, प्यूठान

स्थानिय उत्पादनको प्रवद्र्धन, वजारीकरण, र पर्यटन प्रवद्र्धन गर्ने उदेश्यसहित प्यूठान उद्योग वाणिज्य संघले आयोजना गर्न थालेको स्वर्गद्धारी प्यूठान चौथो महोत्सव २०७६ को तयारीलाई तिव्र रुपमा अगाडि वढाईएको छ। यहि फागुन ८ गतेदेखी १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा जिल्लाका उत्पादन, भेषभुषा, कलासंस्कृती, र लघुउद्यमीलाई विशेष प्राथमिकता दिईएको प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतीले वताउनु भयो।

घरेलु तथा लघुउद्यमीका उत्पादन, कृषि उपजको प्रदर्शनी, स्थानिय उत्पादन जस्ता स्थानिय जनताको आयआर्जन र उत्पादनको प्रवद्र्धन गर्नका लागि ५० भन्दा वढि स्टलहरु निशुल्क रुपमा प्रदर्शनिका लागि उपलव्ध गराईने संघले जनाएको छ। “जिल्लाका उत्पादन र कच्चापदार्थ तथा कृषिको प्रदर्शनिका लागि हामिले विशेष व्यवस्था गरेका छौँ।” संघका अध्यक्ष कक्षपतीले भने–“कम्तिमा ५० स्टलहरु निशुल्क रुपमा उपलव्ध हुनेछन्। आवश्यकताअनुसार थप स्टलहरुपनी उपलव्ध गराउन सकिनेछ।”

प्यूठान उद्योग वाणिज्य संघको आयोजनामा हुने व्यापारीक महोत्सवको रुपमा चौथो र धार्मिक महोत्सवसहित पाचौँ महोत्सव हो।

महोत्सवले सुविधा सम्पन्न उद्योग वाणिज्य सभाहल वनाउनेदेखी पर्यटन प्रवद्र्धन, निकासीयोग्य उत्पादनको पहिचान, कृषिको आधुनिकिकरण र स्वदेशि एवं रैथाने उत्पादन र प्रयोगलाई प्रोत्साहन दिई मुलुकमा विद्यमान व्यापार घाटा न्युनिकरणमा सहयोग पुर्याउने लक्ष्य लिएको छ। प्यूठान उद्योग वाणिज्य संघको आयोजनामा हुने व्यापारीक महोत्सवको रुपमा चौथो र धार्मिक महोत्सवसहित पाचौँ महोत्सव हो। स्वर्गद्धारी प्यूठान महोत्सवको नाममा २०६५ सालमा महोत्सव सुरु गरेको उद्योग वाणिज्य संघले २०७१ सालमा मध्यपश्चिम क्षेत्रीय महोत्सव र होटल व्यवसायी संघ प्यूठानसंगको संयुक्त आयोजनामा २०७४ मा स्वर्गद्धारी प्यूठान तेश्रो महोत्सव गरेको थियो। भने २०६८ सालमा धार्मिक महोत्सव आयोजना गरेको थियो।

प्रतिकृया दिनुहोस्

किसानको गोठमै पुगेर बाँझोपन भएका गाई भैंसीलाई सुई

गाई भैैसीमा बाँझोपन निवारण गर्नको लागि डोर टु डोर कार्यक्रम प्यूठानमा सञ्चालन भएको छ ।...

आगलागीको आरोपमा प्यूठानमा थप २ जना पक्राउ

आगलागीको आरोपमा प्यूठानमा थप २ जना पक्राउ परेका छन् । यो सँगै पक्राउ पर्नेको संख्या...

नेकपा एमाले प्यूठान नगरकमिटीको प्रथम बैठक बिजुवारमा सम्पन्न

नेकपा एमाले प्यूठान नगरकमिटीको प्रथम बैठक उमेश स्मृति प्रतिष्ठान भवन बिजुवारमा सम्पन्न भएको छ ।...

८१ वर्षिय वृद्धलाई बिस्तारामै लगेर गए वडाध्यक्षले सामाजिक सुरक्षा भत्ता

मल्लरानी गाउँपालिका –३ मुन्डाँडा निवासी ८१ वर्षिय दुर्गाबहादुर पौडेलले विस्तारामै सामाजिक सुरक्षा भत्ता पाएका छन...

बिकास निर्माणमा सबैको साथ हुन आवश्यक छ : सूर्य थापा

प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य थापाले सबैले एकजुट भएर साथ र सहयोग गरेमा विकास निर्माणका...