News Portal

रेडियो सुन्नुहोस्

“सुमन श्रापित एकल साँझ—२०७६” को तयारी पूरा

आगामी फागुन ३० गते भव्य रुपमा पोखरामा सम्पन्न हुँदै

सिखबर संवाददाता२०७६ फागुन २७, पोखरा
१७८६ पटक
२०७६ फागुन २७, पोखरा

“सुमन श्रापित एकल साँगीतिक साँझ—२०७६” को सम्पूर्ण तयारी पूरा भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन ३० गते शुक्रबार दिउँसो २ बजेबाट पोखरा उद्योग बाणिज्य संघको सभाहलमा हुने कार्यक्रमको तयारी पूरा भएको आयोजक सप्तरङ्गी साँस्कृतिक प्रतिष्ठानले जानकारी गराएको हो ।

कलाकार उपचार कोषको हुने सहयोग राशि वृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रम श्रापितद्वारा रचना गरिएका डेढ दर्जन गीत प्रस्तुत गरिनेछ । श्रापितका गीतलाई गायक एंव संगीतकार बीबी अनुरागी, स्मृति शाही, अर्जुन सुनाम, सुनिता दुलाल, जीवन परियार, तुलसी क्षेत्री, इन्दु बानियाँ, कल्पना गौतम, सूचना गैरे, रुपेश भण्डारी, योगेश गौतम लगायतले प्रस्तुत गर्नेछन् ।

कार्यक्रमलाई सम्पन्न गर्न ८ लाख ८५ हजार खर्च लाग्ने प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले जानकारी गराए । कार्यक्रमलाई सम्पन्न गर्न संगीतकार नवराज बरालको संयोजनमा समिति गठन गरिएको छ । कार्यक्रममा प्रवेश गर्न रु २००, रु ५०० र रु १००० को टिकट काट्नुपर्नेछ ।

कार्यक्रम नजिक आउँदै गर्दा आफु उत्साहित भएको सर्जक सुमन श्रापितले बताए । “कार्यक्रमबाट म उत्साहित छु”, उनले भने, “अबको ३ दिनमा कार्यक्रम छ केही डर सँगै उत्साह मिलिरहेको छ, आशा छ सबैको माया मिल्नेछ ।” पत्रकार सम्मलेनमा बोल्दै संगीतकार बीबी अनुरागीले सुमन श्रापित राम्रा गीतकार भएको र पोखरामै बसेर गीत सँगीतको यात्रामा निरन्तर लागिरहेका श्रापितको एकल साँझ हुनु पोखराको साङ्गीतिक क्षेत्रका लागि गौरवको कुरा भएको बताए ।

मूल आयोजक समितिका संयोजक नवराज बराल कार्यक्रम सम्पन्न गर्न कोरोना भाइरसले कुनै प्रभाव नपार्नेमा विश्वस्त छन् । संस्थाका महासचिव मन कुमार श्रेष्ठले उक्त दिन साङ्गीतिक प्रस्तुतीका साथमा कोरोना सम्बन्धी सचेतना कार्यक्रम समेत प्रस्तुत गरिने हँुदा उपस्थित हुन आग्रह गरेका छन् ।

aama movie
सप्तरङ्गी साँस्कृतिक प्रतिष्ठानले हालसम्म गरेका कामहरु

संस्थाले यसअघि स्रष्टा डीबी चक्रधर, प्रेमप्रकाश मल्ल, जगन थापाको उपचारार्थमा लाखौं रुपैयाँ सङ्कलन गरी सहयोग गरेको छ । लोकगायक मोहन गन्धर्व, नरबहादुर परियार, लालबहादुर गायक, ज्ञानु थापा लगायतलाई आर्थिक सहयोग गरिएको अध्यक्ष ढकालले बताए । प्रतिष्ठानले २०६४ फागुन २४ गते वरिष्ठ लोकगायिका प्राज्ञ हरिदेवी कोइरालाको एकल साङ्गीतिक साँझ सम्पन्न गरी हरिदेवी साहित्य संगीत सम्मान कोषमा ३ लाख र कलाकार उपचार कोषमा २ लाख सहयोग गरेको उनले बताए ।

संस्थाको गतिविधिको बारेमा जानकारी गराउँदै ढकालले भने,“ २०६८ मा साहित्यकार दुर्गाबहादुर शाह बाबाको एकल कवितावाचन सम्पन्न गरी बचत रकम १ लाख मध्ये बाबा साहित्य साधक पुरस्कारका लागि ५० हजार र कलाकार उपचार कोषमा ५० हजार सहयोग गरेका छौं । २०६९ बैशाख १६ मा पोखरा सभागृहमा र बैशाख २३ मा मन्दीप मिलन चलचित्र घरमा पदमराज ढकाल एकल साङ्गीतिक कार्यक्रमको आयोजना गरी लेखनाथ साहित्य पुरस्कारका लागि १ लाख ७ सय ७७, सप्तरङ्गी पुरस्कारका लागि १ लाख ७ सय ७७ सहयोग गरेका छौं । यस्तै, मधुमाया ढकाल, फणीन्द्रकुमारी ढकाल र चन्द्रकान्त ढकालका नाममा छुट्टाछुट्टै शिक्षा पुरस्कार स्थापनाका लागि ५० ५० हजार ३ शिक्षाकोषका लागि १ लाख ५० हजार सहयोग गरेका छौं ।”

यसका अलवा संस्थाले २०७२ मा लोकगायक खिम गुरुङ प्हाएँआलीको एकल साङ्गीतिक साँझ कार्यक्रमबाट कलाकार उपचार कोषका लागि १ लाख संकलन गरिसकेको छ । प्रतिष्ठानका संस्थापक अध्यक्ष नवराज बरालद्वारा २०६७, २०६८ र २०६९ आफुले प्राप्त गरेका पुरस्कार र त्रिवेणी साङ्गीतिक साँझबाट सङ्कलित गरी ८४ हजार ६ सय ६४ सहयोग प्रदान गरिएको अध्यक्ष ढकालले जानकारी गराए । २०७६ जेठ १८ मा गणतन्त्र दिवको सन्दर्भमा सांस्कृतिक संस्थान काठमाडौं र प्रतिष्ठानको संयुक्त आयोजनमा प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालको एकल साङ्गीतिक कार्यक्रम राष्ट्रिय नाँचघरमा सम्पन्न गरी २ लाख बचत रकम कलाकार कोषमा थपिएको छ ।

सुमन श्रापितको संक्षिप्त परिचय

बाग्लुङ नगरापालिका —९, तित्याङ स्थाई घर भएका सुमन हाल पोखरा —१८ पोखरावेसी अँधेरीकुना बस्दै आइरहेका छन् । स्नातक सम्मको अध्ययन गरेका सुमन संलग्न विधा साहित्य, संगीतर पत्रकारिता हो । उनका २ सय हाराहारीमा गीत रेकर्ड भएका छन् । पूर्णिमाको रात (लोकदोहोरी २०५८), फूलपाती देवीदेउतालाई (लोकदोहोरी २०६१),धुमधाम तीज(तीजगीत २०६९),शुभयात्रा(आधुनिक गीतगजल २०६७),संकल्प (आधुनिक गीतगजल २०६९), सुधा(आधुनिक गीतिसङ्ग्रह २०७४), बिछोडको वेदना(संयुक्त कवितासंग्रह २०५६), भावनाको खेती (गीतसंग्रह २०७४) र पोखरामा फुलेका सुनाखरीहरु (संयुक्त गीतसंग्रह सम्पादन २०६७ ) सुमनद्वारा सार्वजनिक र प्रकाशन गरिएका कृति एवं एल्बमहरु हुन् ।

सुमनले प्रितम गुरुङ निर्देशित जीवनलीला, विनोद सेरेङ निर्देशित निशानी, तुलसी घिमिरे निर्देशित दृष्टिकोण, नारायण रायमाझी निर्देशित परदेशी र जीवन सेन्चुरी निर्देशित रित्तोमा समेत गीत लेखेका छन् । २०५९ सालमा पूर्णिमाको रात एल्बममा गीत गाएर ओपचारिक रुपमा संगीत क्षेत्रमा प्रवेश गरेका सुमनले थुप्रै सम्मान एवं पुरस्कार थापेका छन् । उनको दर्जनभन्दा बढी संस्थामा रहेर काम गरेको अनुभव छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बीमाको विषयमा पत्रकारसंग अन्तरक्रिया सम्पन्न

बीमाको विषयमा पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम जुम्रीमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण...

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...