News Portal

रेडियो सुन्नुहोस्

स्वास्थ्य कार्यालय प्यूठान मार्फत जिल्लाका निजी क्लिनिकहरुले दिए स्वास्थ्य सुरक्षा सामग्री

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई समुचित वितरण गरिने

दीपा पौडेल चैत्र १७ ,२०७६
११४२ पटक
चैत्र १७ ,२०७६

प्यूठान, बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड –१९) को संक्रमण दिन प्रति दिन फैलिरहेका बेला प्यूठानका निजी क्लिनिक संचालकहरुले स्वास्थ्य कार्यालय प्यूठानलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएका छन्।
जिल्लामा स्वास्थ्य सुरक्षा सामग्रीको अभावमा उपचारमा समस्या नहोस् भन्ने उदेश्यले आफुहरुले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको सक्रिय फर्मा बिजुवारका संचालक नविन गौतमले बताए। उनले भने –“हामीले जिल्लामा स्वास्थ्यकर्मीहरुलाई उपचार गर्दा जोखिम नहोस् भनेर सबैको सहयोगमा सुरक्षा सामग्री प्रदान गरेका हौं।”
गौतमका अनुसार ३५ हजारको पिपिइ, ३० हजारको मास्क ,२० हजारको ग्लोभ्स र १७ हजारको सेनिटाइजर गरि १ लाख २ हजार बरावरको स्वास्थ्य सुरक्षा सामग्री स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख बिशाल सुवेदीलाई एक कार्यक्रमका बीच प्रदान गरिएको हो।
प्यूठानका सक्रिय फर्मा सहित न्यू सुश्री फर्मा बिजुवार, अमृत फर्मा बिजुवार, कालिका मेडिकल हल बिजुवार, शाह मेडिकल हल जुम्री , रिजाल औषधी भण्डार , स्वर्गद्धारी फार्मेसी बाग्दुला र डाक्टर लेखराज सुवेदीको सहयोगमा उक्त सामग्री प्रदान गरिएको छ।
सामग्री ग्रहण गर्दै स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख बिशाल सुवेदीले नेपाल लगाएत विश्व बजार मै स्वास्थ्यजन्य सामग्रीहरुको आपुर्ती ब्यवस्थापन सहज नभईरहेको बेला प्यूठानका स्थानिय तहहरुले चाहेर पनि खरिद गर्न नपाईरहेकाले समस्या भएकोले अहिलेको समयमा निजी क्लिनिक संचालकहरुले प्रदान गरेको सहयोग सराहनिय रहेको बताए। उनले भने –“स्वास्थ्यजन्य सामग्री स्वास्थ्य संस्था र सुरक्षाकर्मीका लागि समुचित रुपमा वितरण गर्नेछु।”
कोरोना भाईरस संक्रमणको त्रास चौतर्फी बढिरहेका बेला सरकारी बाहेक निजी अस्पतालहरुले सेवा गर्नुको सट्टा बन्द गरिरहेको बेला प्यूठानका निजी मेडिकलहरुले गरेको सहयोगलाई सकारात्मक रुपमा लिनुपर्ने स्वास्थ्य पत्रकार मञ्च प्यूठानका संयोजक नोमराज पौडेल बताए। उनले भने –“ निजी मेडिकल संचालकहरुले पैसाको लागि मात्र होइन सेवा भाव पनि देखाउनुपर्छ जो आफैमा राम्रो काम देखियो।”

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...