News Portal

रेडियो सुन्नुहोस्

नौवहिनी गाँउपालीकाद्वारा राहत वितरण सुरु

संचित र नियमित आपुर्ती भईरहेकाले खाध्यान्न समस्या नहुने व्यवसायिहरुको भनाइ

महेश थापा 'आभाष'२० चैत्र, नौवहिनी वाहाने
९५८ पटक
२० चैत्र, नौवहिनी वाहाने

लकडाउनको कारण मजदुरी गर्न नपाएर दैनिक गुजारामा समस्या भएका परिवारलाई अत्यावश्यक खाध्यसामाग्री वितरण सुरु गरिएको छ। गाँउपालिकामार्फत उध्योग वाणिज्य संघ नौवहिनी र सुरक्षाकर्मिसंग सहकार्य गरि वर्डा नं ६ का १८ परिवारलाई प्रतिपरिवार ५० किलो चामल, २ किलो दाल, १ लिटर तेल र १ किलो नुन वितरण गरिएको हो।

सवै वडाहरुमा तथ्यांक संकलन भईरहेको र केही दिनमा सवै वडाका विपन्न र दैनिक ज्यालाजदुरी गर्ने परिवारलाई खाध्यसामाग्री वितरण गरिने गाँउपालीकाका अध्यक्ष शिव रिजालले वताउनु भयो।

त्यसका लागि गाँउपालिकाले उध्योग वाणिज्य संघलाई आवश्यक सामाग्री संचित गर्न पत्राचारसमेत गरेको छ। वाहाने वजारक्षेत्रमा हाल ८ सय ५० क्विन्टल चामल र सोही मात्रामा अन्य खाध्यसामाग्री संचित रहेकाले खाध्यान्न अभाव नहुने उध्योग वाणिज्य संघ वजार ईलाका अध्यक्ष विष्णु केसीले वताउनुभयो।

वजारमा खाध्यान्नको संचिती रहेको र नियमित आयातसमेत भईरहेकाले खाध्यान्न आपुर्तिमा समस्या नहुने व्यवसायि संकर केसिले वताउनु भयो।

ईलाका प्रहरी कार्यालय वाहानेका ईन्स्पेक्टर वद्रिप्रसाद ढकालले कोरोना संक्रमणवाट वचाउन सुरक्षा व्यवस्थालाई चुस्त राखिएको वताउनु भयो।

महेश थापा वाहानेमा रहेेर पत्रकारीता र साहित्यको क्षेत्रमा कलम चलाउनुहुन्छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...