News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा क्वारेन्टाइनमा बसेकाहरु ५० जना घर फर्किए

बोम बहादुर परियार ३० चैत्र, प्यूठान
१५१७ पटक
३० चैत्र, प्यूठान

स्वर्गद्धारी नगरपालिकाका बिभिन्न स्थानमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका २३ जनाको Rapid Daignostic Test (RDT) को माध्यमबाट कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा बसेकाहरु आइतबार घर फर्किएका छन्।
स्वर्गद्धारी नगरपालिका वडा नं. ४ मा रहेको गंगेश्वरी आधारभूत बिद्यालयमा १२ जना र नगरपालिका वडा नं. २ मा रहेको बाल बाध्यमिक बिद्यालय स्वर्गद्धारी खालमा रहेका ११ जना गरि २३ जनाको परिक्षण गरिएको हो।
कोरोना भाइरस नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाईएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख बिशाल सुवेदीले बताउनुभयो। उहाँले क्वारेन्टाइनबाट घर फर्किएकाहरुलाई अनुशासन तबरले घरमै बस्न आग्रह गर्नुभयो। समुदायमा कोहि पहिचान नभएका कोरोना संक्रमित बिरामी पनि हुन सक्ने भन्दै सुवेदीले भने–“ फर्किएर पनि घरमै सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ।” उहाँले कम्तिमा ७ दिन घरमा सेल्फ क्वारेन्टाइनमा बस्न सुझाव दिनुभएको छ।
परिक्षण पछि रिर्पोट नेगेटिभ आएकोमा खुसी ब्यक्त गर्दै जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख नरेन्द्र कुमार कार्कीले घर फर्केर पनि सुरक्षित हुन आग्रह गर्नुभयो। उहाँले केहि समस्या परेमा तत्कालै प्रहरीलाई खबर गर्न आग्रह गर्नुभएको छ।
प्यूठानका तिन स्थानिय तह ऐरावति गाउँपालिका , माण्डवी गाउँपालिका र स्वर्गद्धारी नगरपालिकामा रहेका ८६ जना मध्ये आइतबार सम्म ५० जना घर फर्किएको स्वास्थ्य कार्यालय प्यूठानका बिपद ब्यवस्थापन फोकल प्रसन पुष्कल श्रेष्ठले बताउनु भयोे। क्वारेन्टाइनमा बसेकाहरुको परिक्षण तालिम प्राप्त अनुभवी ल्याब टेक्निसियन डोर बहादुर खड्काको टोलिले गर्नुभएको छ।
अन्यको पनि परिक्षण गर्ने र यदि नेगेटिभ आएमा घर पठाइनेछ। यदि RDT रिर्पोट पोजेटिभ आएमा कोरोना भाइरस भएको वा नभएको पुष्टि अझैपनि यकिन गर्न सकिने अवस्था रहदैन्। यसको बिरामीलाई क्वारेन्टाइनमा राखेर VTM भ्याक्सिन ट्रान्र्सफोटेशन मिडिया मार्फत चेकजाँच गर्नुपर्छ। जिल्लामा अहिले सम्म स्वास्थ्य कार्यालयका ७ जना र जिल्ला अस्पतालमा आइसोलेशनमा राखेका २ जना गरि ९ जनामै रिपोर्ट निगेटिभ आएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...