News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा क्वारेन्टाइनमा बसेकाहरु ५० जना घर फर्किए

बोम बहादुर परियार ३० चैत्र, प्यूठान
१६१० पटक
३० चैत्र, प्यूठान

स्वर्गद्धारी नगरपालिकाका बिभिन्न स्थानमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका २३ जनाको Rapid Daignostic Test (RDT) को माध्यमबाट कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा बसेकाहरु आइतबार घर फर्किएका छन्।
स्वर्गद्धारी नगरपालिका वडा नं. ४ मा रहेको गंगेश्वरी आधारभूत बिद्यालयमा १२ जना र नगरपालिका वडा नं. २ मा रहेको बाल बाध्यमिक बिद्यालय स्वर्गद्धारी खालमा रहेका ११ जना गरि २३ जनाको परिक्षण गरिएको हो।
कोरोना भाइरस नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाईएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख बिशाल सुवेदीले बताउनुभयो। उहाँले क्वारेन्टाइनबाट घर फर्किएकाहरुलाई अनुशासन तबरले घरमै बस्न आग्रह गर्नुभयो। समुदायमा कोहि पहिचान नभएका कोरोना संक्रमित बिरामी पनि हुन सक्ने भन्दै सुवेदीले भने–“ फर्किएर पनि घरमै सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ।” उहाँले कम्तिमा ७ दिन घरमा सेल्फ क्वारेन्टाइनमा बस्न सुझाव दिनुभएको छ।
परिक्षण पछि रिर्पोट नेगेटिभ आएकोमा खुसी ब्यक्त गर्दै जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख नरेन्द्र कुमार कार्कीले घर फर्केर पनि सुरक्षित हुन आग्रह गर्नुभयो। उहाँले केहि समस्या परेमा तत्कालै प्रहरीलाई खबर गर्न आग्रह गर्नुभएको छ।
प्यूठानका तिन स्थानिय तह ऐरावति गाउँपालिका , माण्डवी गाउँपालिका र स्वर्गद्धारी नगरपालिकामा रहेका ८६ जना मध्ये आइतबार सम्म ५० जना घर फर्किएको स्वास्थ्य कार्यालय प्यूठानका बिपद ब्यवस्थापन फोकल प्रसन पुष्कल श्रेष्ठले बताउनु भयोे। क्वारेन्टाइनमा बसेकाहरुको परिक्षण तालिम प्राप्त अनुभवी ल्याब टेक्निसियन डोर बहादुर खड्काको टोलिले गर्नुभएको छ।
अन्यको पनि परिक्षण गर्ने र यदि नेगेटिभ आएमा घर पठाइनेछ। यदि RDT रिर्पोट पोजेटिभ आएमा कोरोना भाइरस भएको वा नभएको पुष्टि अझैपनि यकिन गर्न सकिने अवस्था रहदैन्। यसको बिरामीलाई क्वारेन्टाइनमा राखेर VTM भ्याक्सिन ट्रान्र्सफोटेशन मिडिया मार्फत चेकजाँच गर्नुपर्छ। जिल्लामा अहिले सम्म स्वास्थ्य कार्यालयका ७ जना र जिल्ला अस्पतालमा आइसोलेशनमा राखेका २ जना गरि ९ जनामै रिपोर्ट निगेटिभ आएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...