News Portal

रेडियो सुन्नुहोस्

पवित्र धार्मिक स्थल स्वर्गद्वारी मन्दिरका गाईका लागि दाना सहयोग

सिखबर संवाददाता४ वैशाख
१२९६ पटक
४ वैशाख

प्युठानको प्रमुख धार्मिक तथा पर्यटकिय स्थल स्वर्गद्वारी मन्दिरमा रहेका गाईहरुका लागि दाङका स्थानिय युवाहरुले दाना सहयोग गरेका छन्।
कोरोना भाइरस संक्रमणकोकारण मुलुक लकडाउन भएकाले गाईहरुका लागि आवश्यक दाना आयातमा समस्या भई दानाको अभाव नहोस भन्ने उद्देश्यले दाङका ११ जना युवाहरुको सक्रियतामा गाईलाई खुवाउने दाना हस्तान्तरण गरेको उनीहरुले बताएका छन्।
घोराही उपमहानगरपालिका रामपुर निवासी शिवराज रेश्मीको पहलमा ३५ हजार १६ रुपैयाँ बराबरको गाईलाई खुवाउने दाना खरिद गरी स्वर्गद्वारी आश्रम झिगौराका अध्यक्ष गोबिन्द न्यौपानेलाई हस्तान्तरण गरेको रेश्मीले बताउनुभयो।
मन्दिरमा भक्तजनले चढाएको भेटिबाट चल्ने आश्रममा अहिले लकडाउनका कारण भक्तजनहरु मन्दिरमा नआउँदा आर्थिक समस्या भएको भन्दै झिगौराका अध्यक्ष न्यौपानेले गाईलाई दाना दिएर ठूलो धर्म गरेको बताउनुभयो। स्वर्गद्वारी आश्रमका विभिन्न शाखामध्ये दाङ देउखुरीमा १ सय ५०, घोराही झिगौरामा ६० र स्वर्गद्वारी मन्दिरमा ३ सय ९० वटा गरी ६ सय गाईहरु रहेको न्यौपानेले जानकारी दिनुभयो। गाईहरुका लागि अहिलेसम्म दानाको अभाव भएको छैन अब लकडाउन पनि लम्बिने र भक्तजन पनि मन्दिर नआउने अवस्था भएकाले ठुलो समस्या आउन सक्ने भन्दै सक्दो सहयोग गर्न सबैलाई आग्रह समेत गर्नुभएको छ।
दाङका स्थानिय घोराही उपमहानगरपालिका वडा नं. १८ का पदम प्रसाद भट्टराईले ५ हजार ५ सय, सोही ठाउँ निवासी बीर बहादुर रावतले ५ हजार, घोराही उपमहानगरपालिका वडा नं. ४ का नारायण प्रसाद शर्मा ५ हजार ५ रुपैयाँ, घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी एकनारायण पौडेलले ५ हजार १ रुपैयाँ, घोराही उपमहानगरपालिका वडा नं १८ निवासी आदित्य प्रसाद भट्टराई ३ हजार ५ रुपैयाँ, सोही ठाउँ निवासी भरत अर्याल(शिव)ले १ हजार रुपैयाँ, घोराही उपमहानगरपालिका वडा नं १५ निवासी शिवराज रेश्मीले ३ हजार रुपैयाँ, घोराही उपमहानगरपालिका वडा नं १० निवासी सन्दिप रजौरेले ३ हजार रुपैयाँ, उपमहानगरपालिका वडा नं १५ कै युवराज पोखरेलले २ हजार ५ सय ५ रुपैयाँ, गुल्मीको मदाने गाउँपालिका ७ स्थायी घर भएका हाल दाङमा बस्दै आएका बिशाल पोखरेलले १ हजार रुपैयाँ र धनगढी स्थायी घर भई अहिले दाङ बस्दै आएका सुमन ओलीबाट १ हजार रुपैयाँ गरी ३५ हजार १६ रुपैयाँ जम्मा भएको रकमबाट दाना खरिद गरिएको पहलकर्ता शिवराज रेश्मीले बताउनुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

एकिकृत कृषि कार्यालयद्वारा चालु वर्षका योजनाहरुको अनुगमन

एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठानले चालु आर्थिक वर्षमा सञ्चालित विभिन्न योजनाको अनुगमन गरेको...

बीमाको विषयमा पत्रकारसंग अन्तरक्रिया सम्पन्न

बीमाको विषयमा पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम जुम्रीमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण...

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...