News Portal

रेडियो सुन्नुहोस्

निक साइमन्सद्वारा प्युठान अस्पताललाई युनिभर्सल जनरल एनेस्थेसिया मेसिन प्रदान

सिखबर संवाददाता १२ वैशाख
१२८८ पटक
१२ वैशाख

प्युठान,जिल्ला अस्पतालबाट प्रदान गर्दै आएको सेवा सुविधाहरुलाई थप प्रभावकारी बनाउनका लागि ३० लाख रुपैयाँ बराबरको युनिभर्सल जनरल एनेस्थेसिया मेसिन हस्तान्तरण गरिएको छ।
निक साइमन्स इन्स्टिच्युटले आज एक कार्यक्रमको आयोजना गरी प्यूठान अस्पतालको सेवालाई प्रभावकारी र गुणस्तरिय बनाउनका लागि भेन्टिलेटरसहितको युनिभर्सल जनरल एनेस्थेसिया मेसिन सेट प्रदान गरेको इन्स्टिच्युटका ५ नं. प्रदेश संयोजक बिमल चन्द्र पुनले जानकारी दिए।
प्यूठान अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डाक्टर अमृत पन्थीलाई उक्त मेसिन हस्तान्तरण गर्दै पुनले भने–“विगत ७ बर्षदेखि हामीले यस अस्पतालसंग सहकार्य गर्दै आईरहेका छौं।” बिशेष गरी ग्रामिण भेगका नागरिकहरुलाई सेवा प्रदान गर्ने ग्रामिण क्षेत्रमा रहेका अस्पतालहरुमा सहयोग गर्दै आईरहेको भन्दै उनले प्युठान अस्पताललाई प्रत्येक बर्ष ३ देखि ६ लाख रुपैयाँसम्मको स्वास्थ्य सामग्रीहरु आवश्यकता अनुसार उपलब्ध गराउँदै आएको जानकारी दिए। इन्स्टिच्युटले यस अस्पतालमा आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउँदै आएको र चिकित्सकहरुको आवासगृह व्यवस्थापन लगायतका विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएको उनको भनाई छ।
निक साइमन्ससंगै जिल्ला समन्वय समिति प्युठानले प्युठान अस्पतालमा आइसोलेशन वेड निर्माणका लागि ५ लाख बराबरका स्वास्थ्य सामग्री
प्रदान गरेको जिल्ला समन्वय समिति प्यूठानका प्रमुख तथा अस्पताल विकास
समितिका अध्यक्ष केशवराज आचार्यले जानकारी दिए ।

सेवा सुविधा प्रभावकारी बनाउन निक साइमन्स इन्स्टिच्युटले उक्त उपकरण प्रदान गरेकोमा इन्स्टिच्युटलाई धन्यवाद दिदैं डाक्टर पन्थीले यसले ग्रामिण भेगका नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सहज हुने बताए । यसले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस विरुद्धको लडाईमा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउन सहयोग पुग्ने उनको भनाई छ।
त्यस्तै सहयोगदाता जिल्ला समन्वय समितिलाई पनि धन्यवाद व्यक्त गर्दै डाक्टर पन्थीले जिल्लामा रहेका सबै स्थानिय तहहरुबाट जिल्ला अस्पतालका लागि आईसोलेशन बेड निर्माण र आवश्यक पर्ने स्वास्थ्य सामग्रीका लागि सहयोगको अपेक्षा गरेको भन्दै सक्दो सहयोगका लागि सबैलाई अनुरोध समेत गरेका छन्।।

त्यस्तै प्रदेश नं ५ का प्रदेश सभा सदस्य कृष्णध्वज खड्काले
अस्पतालमा भएको आइसोलेशन बेडको निरिक्षण गरेका छन् । उनले अस्पतालमा रहेको ४
वेडको आइसोलेशनलाई १० बेडको बनाउँदै कोरोना विरुद्धको लडाईमा अग्रसर हुन र तयारीका लागि सबै सरोकारवालाहरुले प्रयास गरिरहेको बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...