News Portal

रेडियो सुन्नुहोस्

जिल्लास्तरीय मानव अधिकार अवस्था अनुगमन समिति गठन

सिखबर संवाददाता१३ वैशाख
८८२ पटक
१३ वैशाख

प्यूठान,विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९)को संक्रमणबाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा मानव अधिकारको अवस्था अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार एसोशियसन, नेपाल पत्रकार महासंघ र गैर सरकारी संस्था महासंघ नेपाल बीचको सहकार्य गरी कार्य भैरहेका छन् ।
यीनै पक्षहरु सम्मिलित उच्चस्तरीय अनुगमन समिति, प्रदेश स्तरीय अनुगमन समिति र जिल्लाहरुमा समेत समिति गठन गरी कार्य प्रारम्भ भैरहेको छ । यसैसन्दर्भमा मंगलबार बसेको बैठकले प्यूठान जिल्लामा जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समिति गठन गरिएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका सचिव विजयसिंह भारतीको संयोजकत्वमा गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा प्यूठानका अध्यक्ष नेत्रमणि आचार्य र नेपाल बार एशोसियसन जिल्ला बार ईकाई प्यूठानका सचिव माधवप्रसाद श्रेष्ठ सदस्य रहेको समिति गठन गरिएको हो । समितिको पहिलो बैठकले जिल्ला स्तरीय मानव अधिकार सञ्जाल प्यूठानका संयोजक पार्वता आचार्य र मानव अधिकार संगठन प्यूठानका अध्यक्ष मेघराज भट्टलाई सदस्यमा मनोनित गरिएको छ।
समितिले कोभिड–१९ बाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा नेपाल सरकारबाट भैरहेका कार्यहरु, उपभोक्ताको अधिकार, न्याय प्रशासनमा पहुँच, आवतजावतमा परेको समस्या, स्वास्थ्य सामग्रीको उपलब्धता, औषधीहरुको अभाव, निम्न वर्गको जिवनयापनको समस्या, राहत वितरण, क्वारेण्टाइनको मापदण्ड, स्वास्थ्यकर्मीको मनोबल, सीमामा आइपुगेका नेपालीको समस्या, नीजि अस्पतालको भूमिका, सञ्चार माध्यमको भूमिका, सामाजिक सञ्जालको प्रयोग÷सदुपयोग÷दुरुपयोग, अभिव्यक्ति स्वतन्त्रता, नागरिक सचेतना, नागरिक समाज र मानव अधिकारकर्मीको भूमिका, नागरिकको कर्तव्य जस्ता विषयहरुमा अनुगमन गरी राष्ट्रिय मानव अधिकार आयोग प्रदेश सम्पर्क कार्यालय नेपालगञ्ज समक्ष प्रतिवेदन पेश गर्ने छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...