News Portal

रेडियो सुन्नुहोस्

दुर्गाराज बुढाको हातमा ‘मिनि म्याराथुन’को उपाधी

सागर रिजालप्युठान ,१ बैशाख
१०९५ पटक
प्युठान ,१ बैशाख

सबैका लागि खेलकुद’ ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ प्युठानमा आयोजित दोस्रो मदन भण्डारी स्पोट्स खुल्ला दौड -हाफ म्याराथुन) प्रतियोगिताको उपाधी दुर्गाराज बुढाले जित्नुभएको छ ।

मदन भण्डारी स्पोर्टस ऐकेडेमी प्युठानले नया बर्षको अवसर पारेर अल्ट्राधावक एवं पर्बतारोही संजय पण्डितको स्मृतीमा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा ४९ जना सहभागी प्रतिस्पर्धीलाई उछिन्दै रुकुमको साख गाउँपालिका ५ का दुर्गाराज बुढाले उपाधी हात पार्नुभएको हो । उहाले १५ किलोमिटरको दुरी ५७ मिनेट ६ सेकेण्डमा पार गर्नुभयो ।

त्यस्तै ५८ मिनेट ८ सेकेण्डमा सोही दुरी पार गरी नेपाली सेनाका जनक चन्द दोस्रो र ५८ मिनेट ५७ सेकेण्डमा दुरी पार गर्दै प्युठान स्याउंलिवाङका रुपलाल बुढामगर तृतीय हुनुभएको हो । कार्यक्रममा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेहरुलाई क्रमशः नगद ३० हजार, २० हजार र १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यस्तै उत्कृष्ट ७ भित्र परेका अन्य चार प्रतियोगी निमवाङ तामाङ,दामोदर बुढामगर,हिरा कुमाल र कृष्ण बुढालाई प्रोत्साहन स्वरुप नगद,मेडल र प्रमाणपत्र प्रदान गरियो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् एकेडेमीका केन्द्रीय अध्यक्ष तथा विनोद श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो ।

शनिवार बिहान जिल्लाको चकचके देखि बाग्दुला बजार सम्मको १५ किलोमिटर दुरीमा प्रतियोगिता आयोजना गरिएको मदन भण्डारी स्पोट्रस एकेडेमी प्युठानका अध्यक्ष युवराज केसिले जानकारी दिनुभयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...