News Portal

रेडियो सुन्नुहोस्

नेपालमा ४२ जिल्लाका ६ सय ३ जनामा कोरोना संक्रमण

सिखबर संवाददाता११ जेठ २०७७
७०० पटक
११ जेठ २०७७

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या हर्क दिन बढ्दै गइरहेको छ। आइतबार पनि थप १९ जनामा कोरोना संक्रमण देखिएको छ।

संक्रमितको संख्या थपिएसँगै संक्रमण देखिएका जिल्ला पनि थपिदै गइरहेको छ। आइतबार नुवाकोटमा नयाँ संक्रमित फेला परेसँगै नेपालका ४२ जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आइतबार साँझ ६ बजेसम्म नेपालमा ६०३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। कुल संक्रमितमध्ये ८७ जना उपचारपछि निको भएका छन् भने ३ जनाको मृत्यु भइसकेको छ।

मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बाँके जिल्लामा १ सय ४२ जनामा संक्रमण देखिएको छ। बाँकेमा २१ जना उपचारपछि निको भइसकेका छन् भने १ जनाको मृत्यु भएको छ।

बाँकेपछि पर्सामा ९४ जना संक्रमित फेला परेका छन्। पर्सामा ७ जना उपचारपछि निको भएका छन्। त्यस्तै कपिलवस्तुमा ८० जनामा संक्रमण देखिएको छ।

यसपछि रुपन्देहीमा ४३, उदयपुरमा ३३, झापामा ३५ सर्लाहीमा ३५ र रौतहटमा २३ जनामा संक्रमण देखिएको छ।

हालसम्म देशभरमा ४८ हजार ८ सय १५ जनामा पिसिआरबाट कोरोना परीक्षण गरिएको छ।

भोजपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक, ललितपुर, सिन्धुली, लमजुङ, दैलेख र कञ्चनपुरमा १र१ जनामा कोरोना देखिएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...