News Portal

रेडियो सुन्नुहोस्

नेपालमा ४२ जिल्लाका ६ सय ३ जनामा कोरोना संक्रमण

सिखबर संवाददाता११ जेठ २०७७
९०३ पटक
११ जेठ २०७७

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या हर्क दिन बढ्दै गइरहेको छ। आइतबार पनि थप १९ जनामा कोरोना संक्रमण देखिएको छ।

संक्रमितको संख्या थपिएसँगै संक्रमण देखिएका जिल्ला पनि थपिदै गइरहेको छ। आइतबार नुवाकोटमा नयाँ संक्रमित फेला परेसँगै नेपालका ४२ जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आइतबार साँझ ६ बजेसम्म नेपालमा ६०३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। कुल संक्रमितमध्ये ८७ जना उपचारपछि निको भएका छन् भने ३ जनाको मृत्यु भइसकेको छ।

मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बाँके जिल्लामा १ सय ४२ जनामा संक्रमण देखिएको छ। बाँकेमा २१ जना उपचारपछि निको भइसकेका छन् भने १ जनाको मृत्यु भएको छ।

बाँकेपछि पर्सामा ९४ जना संक्रमित फेला परेका छन्। पर्सामा ७ जना उपचारपछि निको भएका छन्। त्यस्तै कपिलवस्तुमा ८० जनामा संक्रमण देखिएको छ।

यसपछि रुपन्देहीमा ४३, उदयपुरमा ३३, झापामा ३५ सर्लाहीमा ३५ र रौतहटमा २३ जनामा संक्रमण देखिएको छ।

हालसम्म देशभरमा ४८ हजार ८ सय १५ जनामा पिसिआरबाट कोरोना परीक्षण गरिएको छ।

भोजपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक, ललितपुर, सिन्धुली, लमजुङ, दैलेख र कञ्चनपुरमा १र१ जनामा कोरोना देखिएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...