News Portal

रेडियो सुन्नुहोस्

मनसुन भित्रीयो,यी स्थानमा बर्षाका कारण सतर्कता अपनाउन आग्रह

सिखबर संवाददाताजेष्ठ ३१ प्युठान ,
१४४४ पटक
जेष्ठ ३१ प्युठान ,

नेपालमा मनसुन भित्रीएको छ। शुक्रवार साँझ नेपालीको पुर्वी भागमा दुई दिन ढिलाइ गरि मनसुन भित्रीएको हो। मौसम पुर्वानुमान महाशाखाअनुसार सामान्यतया: १० जुनमा मनसुन भित्रीने गर्ने गरेको भएपनि यसपटक १२ जुनमा मनसुन भित्रीएको छ।

यससंगै मौसमी क्रियाकलाप बढ्ने सम्भावना भएको कारण सतर्कता अपनाउन र पुर्व तयारीमा लाग्न आग्रह गरिएको छ। बंगालको खाडी हुँदै नेपालमा मनसुन पुर्वी भागबाट प्रवेश गरेको छ। यसैगरी, मौसम पुर्वानुमान महाशाखा दिउँसो देशभर आंशिक देखि सामान्य बद्ली रहने जनाएको छ। प्रदेश नं १, प्रदेश नं २ , वाग्मती प्रदेश, गण्डकी प्रदेश , प्रदेश नं ५का केही स्थानमा र बाँकी प्रदेशका एक दुइ स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको बताएको छ।

आजराती देशभर आंशिक देखि सामान्य बद्ली रहने छ। प्रदेश नं १, प्रदेश नं २ , वाग्मती प्रदेश, गण्डकी प्रदेश , प्रदेश नं ५का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेकोे महाशाखाले जनाएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...