News Portal

रेडियो सुन्नुहोस्

मनसुन फेरी सक्रिय हुदैः सतर्क रहन मौसमविदको सुझाव

९६९ पटक

आजदेखि फेरि मौसम सक्रिय हुने मौसमविद्ले बताएका छन् ।

आज बेलुकादेखि ४ दिनसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यी हुन् ठूलो पानी पर्न सक्ने ठाउँहरु

मुख्यगरी प्रदेश ५, कर्णाली, सुदूरपश्चिम तथा वाग्मती प्रदेशका केही ठाउँ, प्रदेश १ र २ का थोरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । भोलिदेखि १५ गतेसम्म गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर ५ का मध्य पहाडी भूभाग भई बग्ने नदीमा जलसतह बढ्ने सम्भावना छ । ती क्षेत्रका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनिएको छ ।

प्रदेश १, वाग्मती प्रदेशका मध्य पहाडी भूभाग भई बग्ने भोटेकोशी, वाग्मती, नदीमा समेत बहाव सामान्य बढ्ने तथा ती प्रदेशका मध्य पहाडी भूभाग भई बग्ने अधिकांश साना नदीनाला तथा खहरे खोलामा आकस्मिक बहावसमेत आउन सक्ने पूर्वानुमान गरिएको छ ।

त्यस्तै प्रदेश १, २, ५ र सुदूरपश्चिम प्रदेशको चुरे भई बग्ने केही मझौला तथा साना खोला नालामा समेत बहाव बढ्ने र कुनै ठाउँमा आकस्मिक बहाव आउने, तराई र चुरे क्षेत्रका होचा क्षेत्र डुबानमा पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

साथै मौसमको अवस्थाबारे जानकारी लिनु परेमा ४११३१९१ र बाढीका लागि ११५५ नम्बरमा सम्र्पक गर्न भनिएको छ ।

यसअघि उच्च तयारी हुँदाहुँदै पनि पहिरोका कारण क्षति भएको छ । यस वर्ष पहिरोका कारण सबैभन्दा बढी १ सय २८ जनाको ज्यान गएको छ । बाढी पहिरोमा परी ५१ जना बेपत्ता रहेको सरकारको तथ्याङ्क छ ।
प्रि–मनसुनको समयदेखि नै ठूलो पानी परेकाले यसपटक औसतभन्दा बढी वर्षा हुँदा जमीन पूर्णरूपमा गलेको, भूकम्पका कारण धाँजा फाटेको ठाउँबाट पानी पसेर जमिनको भित्री भाग चलायमान गराइसकेकाले सामान्य पानी पर्दा समेत सचेत हुनुपर्ने मौसमविद्को भनाइ छ ।

जोखिम क्षेत्रमा नबस्न र सुरक्षित रहन आग्रह

बाढी पहिरोको जोखिम रहेकोले सुरक्षित रहन र जोखिम क्षेत्रमा नबस्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । साथै विपद्बाट हुने सम्भावित क्षति रोक्न ७७ वटै जिल्लामा परिपत्र गरेको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताउनुभयो । जोखिम क्षेत्र पहिचान भएको ठाउँमा सुरक्षा टोली तयारीमा राख्न र आवश्यक उद्धार तथा राहत सामग्री बन्दोबस्त गर्न भनिएको उहाँको भनाइ छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...