News Portal

रेडियो सुन्नुहोस्

भारतद्धारा कालापनी क्षेत्रमा नेपालीलाई प्रवेश निषेध

१४३२ पटक

भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र लेखेर नजान आग्रह गरेको छ। कालापानी, लिपुलेक, लिम्पियाधुरा, गुन्जीलगायत भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको हो।

विभिन्न नेपाली गुट/समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्’ पत्रमा भनिएको छ ‘जसबाट मिडियाको ध्यान आकृष्ट गर्न सकियोस् र दुबै देशको प्रशासनलाई हैरान बनाउन सकियोस्,’ भारतको धार्चुला प्रशासनले जिल्ला प्रशासन कार्यालयल दार्चुलालाई पठाएको पत्रमा लेखिएको छ, ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा गएको वा जान चाहेको कुनै सूचना तपाईंहरुलाई प्राप्त भयो भने त्यसको जानकारी तत्काल दिने कष्ट गरिदिनु होला।

दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई जुलाई १४ (दुई साताअघि) पत्र पठाउँदै उत्तराखण्ड राज्यअन्तर्गत धारचुला जिल्लाका उपजिल्लाधिकारीले ’नेपाली गुट र समूहले लुकिछिपी सीमा पार गर्न लागेको सूचना प्राप्त भएको’ भन्दै यसबारे जानकारी भए सूचना दिन आग्रह गरेका हुन्। नेपालले हालै कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो। ती भूभागलाई भारतले आफ्नो भनेर कब्जा गरेको छ। विगतमा व्याँसी सौँका समुदायलाई आवतजावत गर्न दिने क्षेत्रमा समेत पछिल्लो समय आवतजावतमा पूर्ण रोक लगाएको छ। गत महिना सशस्त्र प्रहरीको छाङरु बीओपीबाट सुरक्षाकर्मीहरुको टोलीले कालापानी क्षेत्रमा जान खोजे पनि भारतीय एसएसबीले डेढ किलोमिटर वरबाटै कालापानी क्षेत्रमा जान नदिने माथिको आदेश छ भन्दै फर्काइदिएको थियो।

भारतीय प्रशासनले दार्चुला प्रशासनलाई पठाएको पत्र भारतको हेपाहा र मिचाहा प्रवृतिको पराकाष्टा भएको दार्चुलाबासीको बुझाई छ। सरकारले हालै छाङ्रुमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापना गरेपछि त्यहाँ सुरक्षाको निकै ठुलो अनुभुति रहेको स्थानीय ललितसिंह बोहोराले बताए। हालै त्यहाँ नजिक गोरेटो बाटोको ट्रयाक खोल्ने काम भइरहेको छ। तर भारतीय भूमि त के भारतले अतिक्रमण गरेको नेपाली भूमिमा समेत नेपालीहरुले प्रवेश गर्न पाइरहेका छैनन्।

*सुन्दरसिंह धामी अन्नपुर्ण

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...