News Portal

रेडियो सुन्नुहोस्

भारतद्धारा कालापनी क्षेत्रमा नेपालीलाई प्रवेश निषेध

१७७१ पटक

भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र लेखेर नजान आग्रह गरेको छ। कालापानी, लिपुलेक, लिम्पियाधुरा, गुन्जीलगायत भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको हो।

विभिन्न नेपाली गुट/समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्’ पत्रमा भनिएको छ ‘जसबाट मिडियाको ध्यान आकृष्ट गर्न सकियोस् र दुबै देशको प्रशासनलाई हैरान बनाउन सकियोस्,’ भारतको धार्चुला प्रशासनले जिल्ला प्रशासन कार्यालयल दार्चुलालाई पठाएको पत्रमा लेखिएको छ, ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा गएको वा जान चाहेको कुनै सूचना तपाईंहरुलाई प्राप्त भयो भने त्यसको जानकारी तत्काल दिने कष्ट गरिदिनु होला।

दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई जुलाई १४ (दुई साताअघि) पत्र पठाउँदै उत्तराखण्ड राज्यअन्तर्गत धारचुला जिल्लाका उपजिल्लाधिकारीले ’नेपाली गुट र समूहले लुकिछिपी सीमा पार गर्न लागेको सूचना प्राप्त भएको’ भन्दै यसबारे जानकारी भए सूचना दिन आग्रह गरेका हुन्। नेपालले हालै कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो। ती भूभागलाई भारतले आफ्नो भनेर कब्जा गरेको छ। विगतमा व्याँसी सौँका समुदायलाई आवतजावत गर्न दिने क्षेत्रमा समेत पछिल्लो समय आवतजावतमा पूर्ण रोक लगाएको छ। गत महिना सशस्त्र प्रहरीको छाङरु बीओपीबाट सुरक्षाकर्मीहरुको टोलीले कालापानी क्षेत्रमा जान खोजे पनि भारतीय एसएसबीले डेढ किलोमिटर वरबाटै कालापानी क्षेत्रमा जान नदिने माथिको आदेश छ भन्दै फर्काइदिएको थियो।

भारतीय प्रशासनले दार्चुला प्रशासनलाई पठाएको पत्र भारतको हेपाहा र मिचाहा प्रवृतिको पराकाष्टा भएको दार्चुलाबासीको बुझाई छ। सरकारले हालै छाङ्रुमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापना गरेपछि त्यहाँ सुरक्षाको निकै ठुलो अनुभुति रहेको स्थानीय ललितसिंह बोहोराले बताए। हालै त्यहाँ नजिक गोरेटो बाटोको ट्रयाक खोल्ने काम भइरहेको छ। तर भारतीय भूमि त के भारतले अतिक्रमण गरेको नेपाली भूमिमा समेत नेपालीहरुले प्रवेश गर्न पाइरहेका छैनन्।

*सुन्दरसिंह धामी अन्नपुर्ण

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...