News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिकाको वडाहरुमा समिक्षा, रोजगार केन्द्रित कार्यक्रम गर्न नगरवासिको सुझाव

सिखवर डेस्क२० श्रावण, प्यूठान
१२९४ पटक
२० श्रावण, प्यूठान

प्यूठान नगरपालीकाले आर्थिक वर्ष २०७६।०७७ का सम्पुर्ण कार्यक्रमको वडाहरुमा समिक्षा गरिरहेको छ। गत आर्थिक वर्षको कार्यक्रम, प्रगति र गतिविधिको समिक्षा गर्ने उदेश्यले हरेक वर्डाहरुमा समिक्षा जारी रहेको प्यूठान नगरपालीकाले जनाएको छ।

गत आर्थिक वर्षका नगरपालीकाभित्रका कार्यक्रम, कार्यन्वयन, सेवाप्रवाह तथा सार्वजनिक गतिविधिहरुवारे जनताको विचमा सुझाव संकलन तथा वडास्तरमै समिक्षा गरि जनताका गुनासा सुन्न वडागत रुपमा समिक्षा जारी रहेको प्यूठान नगरपालीकाका मेयर अर्जुनकुमार कक्षपतीले वताउनु भयो। १० नम्वर वर्डावाहेक सवै वर्डाहरुमा समिक्षा सकिएको मेयर कक्षपतीले वताउनु भयो। कोरोना महामारिकै विचमा पनि नगरपालीकाका कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यन्वयन भएको मेयर कक्षपतीले वताउनु भयो।

समिक्षा कार्यक्रममा जनताले अवका कार्यक्रममा रोजगारीका लागी विशेष प्राथमिकता दिनुपर्ने साथै कोरोना भाईरसको कारण रोजगारी गुमाएका वेरोजगार युवाको संख्याको अनुपातमा वजेट विनियोजन गर्नुपर्ने सुझाव दिएको वर्डा नँ ५ का वर्डाअध्यक्ष लक्षुमन भण्डारीले वताउनु भयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...