


प्यूठानको माण्डवी गाँउपालीकामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछी माण्डवी गाँउपालीकाको कार्यालय शिल गरिएको छ। गाँउपालीकामा कार्यरत ३७ वर्षिय पुरुष कर्मचारीलाई कोरोना पुष्टि भएपछी गाँउपालीका शिल गरिएको गाँउपालीकाका प्रमुख प्रशासकिय अधिकृत शिसिर रिजालले वताउनु भयो। कार्यलय शिल गरि सम्पर्क परिक्षणको तयारी भईरहेको माण्डवी गाँउपालीकाका स्वास्थ्य संयोजक ध्रुव कुमार पोख्रेलले वताउनु भयो।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

