News Portal

रेडियो सुन्नुहोस्

कोरोना जोखिम न्यूनिकरणका लागी बिजुवारमा मास्क बितरण

बोम बहादुर परियार१ भदौ, प्यूठान
१३११ पटक
१ भदौ, प्यूठान

सोमवार विजुवार बजारमा हिड्ने मानिसहरुलाइ मास्क वितरण गरिएको छ । कोभिड १९ को जोखिमलाइ न्युनिकरण गर्ने उदेश्यले प्युठानका युवा व्यावसायी मेघा फर्निचर विजुवारका संचालक तथा उद्योग वाणिज्य संघ प्यूठानका बस्तुगत सदस्य सुर्यचन्द्र खनालले ५ सय वटा सर्जिकल मास्क वितरण गर्नुभएको हो ।

कोभिड् १९ को संक्रमण बढेसंगै जिल्लामा यसको रोगथाम गर्नका लागि प्रहरी संग समन्वय गरि मेघा फर्निचर को आयोजनामा मास्क बितरण गरियको फर्निचरका संचालक सुर्यचन्द्र खनालले बताउनु भयो । जिल्लामा २०६५ सालदेखि हार्डवर र फर्निचर व्यावसाय गर्दै आउनुभएका उहाले सामाजिक सहयोगका कार्यमा समेत थप अग्रसर बन्दै आउनुभएको छ।

प्रहरीले जिल्लामा ‘तपाइको मास्क खै?’ कार्यक्रम सञ्चालन गरिरहेको छ। विभिन्न संघ सस्थाहरुको आयोजना र प्यूठान प्रहरीको सझेदारीमा कार्यक्रम चलिरहेको जिल्ला प्रहरी प्रमुख नरेन्द्र कुमार कार्कीले बताउनु भयो ।
विजुवार मित्रमणि चोकमा भएको मास्क वितरण कार्यक्रममा प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, जिल्ला प्रहरी प्रमुख , पत्रकार र स्थानीयहरुको समेत उपस्थीत रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...