News Portal

रेडियो सुन्नुहोस्

देउखुरीकाे पाखापानीमा टिप्परको ठक्करबाट एक बालकको मृत्यु, शब अझै उठेन

सन्ताेषकुमार गुप्ता२ भाद्र, दाङ भालुवाङ
१४२६ पटक
२ भाद्र, दाङ भालुवाङ

देउखुरीमा आज टिप्परको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं. १ पाखापानीमा बा ५ ख १४५ नम्बरको टिप्परले ठक्कर दिदा सोही ठाउँ निवासी सचिन कुमालका छाेरा बर्ष ५ का साकेत कुमालको घटनास्थलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरिक्षक गंगाबहादुर सारुले जानकारी दिएका छन् ।
भालुबाङबाट लमही तर्फ जाँदै गरेको टिप्परले बालकलाई ठक्कर दिएको थियो । ठक्कर दिने टिप्पर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । तीब्र गतिमा गुडेको टिपरले बालकलाई ठक्कर दिंदा दुर्घटना भएको प्रहरीले जनाएको छ । यता बालकका शब भने घटना स्थलबाट उठ्न सकेकाे छैन । मृतक बालकका बुवाआमा भारतमा रहेकाेले उनीहरूले आफू नआउँदै शब नउठाउन भने पछि शब उठ्न नसकेकाे स्थानीय भिसुन शाहीले जानकारी दिएका छन् । यधपी बालककाे शब उठाउने बिषयमा पिडित परिवारका आफन्त र प्रहरी बीच छलफल भईरहेकाे बताइएकाे छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...