News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा पहिलोपटक भेन्टिलेटर मेसिन भित्रियो

संवेदनशिल अवस्थाका विरामिको जिल्लामै भेन्टिलेटरको सहायतामा उपचार हुनसक्ने।

सिखबर संवाददाता१ असोज, प्यूठान
१७०५ पटक
१ असोज, प्यूठान

प्यूठान जिल्लामा ५ वटा भेन्टिलेटर मेसिन भित्रिएका छन्। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आज मन्त्रालयमै जिल्लाका लागि भेन्टिलेटर सहित स्वास्थ्यसामाग्री हस्तान्तरण गर्नुभएको प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतीले वताउनु भयो।

जिल्लामा हालसम्म कुनैपनी स्वास्थ्यसंस्थामा भेन्टिलेटरको सुविधा थिएन। भेन्टिलेटर भित्रिएसंगै संवेदनसिल स्वास्थ्यअवस्था रहेका विरामिहरुको जिल्लाभित्रै भेन्टिलेटरको सहायतामा उपचार गर्न सकिने भएको छ। ” प्यूठान जिल्ला लाई पाँच थान भेन्टिलेटर मेसिन सहित स्वास्थ्य सामाग्री प्राप्त भएको छ।” मेयर कक्षपतीले भन्नुभयो-“स्वास्थ्य मन्त्री माननिय भानुभक्त ढकाल, प्यूठानमा भेन्टिलेटर पुर्याउन विशेष पहल गर्नुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र चुजी फाउन्डेशन प्रति हार्दिक आभार प्रकट गर्दछु।” जिल्लामा भेन्टिलेटर मेसिन भित्र्याउन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य एवं प्रधानमन्त्रिका प्रेस सल्लाहकार सुर्य थापाले विशेष पहल गर्नुभएको थियो।

फाउण्डेसनद्वारा २० भेन्टिलेटर सहयोग

प्रतिष्ठित अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउन्डेसनको सहयोगमा हेल्थ इन्भारोमेन्ट एण्ड क्याइमेट एक्सन फाउन्डेसन (हेकाफ ३६०)ले सरकारलाई २० वटा भेन्टिलेटर सहयोग गरेको छ । विश्वव्यापी महामारी कोभिड–१९ को समस्यासँग सामना गर्न नेपाल सरकारलाई सहयोग गर्ने उद्देश्य अनुरुप हेकाफ ३६० ले २० वटा जीवन रक्षक बाईप्याक भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । हेकाफले अत्यावश्यक भेन्टिलेटर सहित पिपिई, पञ्जा, गाउन, मास्क, थर्मोमिटर लगायत गरी करिब ९५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएको हो ।

स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विपदको अवस्थामा सहयोग गरेको भन्दै खुःशि व्यक्त गर्नुभयो । मन्त्री ढकालले फाउण्डेसनले उपलब्ध गराएको सामग्रीको अधिकतम उपयोग गरी विरामीको जीवन रक्षा गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले कोभिड १९ विरुद्ध समय परिवर्तन हुँदै जाँदा फरक फरक तरिकाले लडनुपरेको बताउनुभयो । कुनै समय पिपिई लगायतका स्वास्थ्य सामग्रीको व्यवस्था गर्नुपरेकोमा पछिल्लो समय अक्सिजन तथा भेन्टिलेटर जस्तो जीवन रक्षक सामग्रीको व्यवस्थापन गर्नुपरिरहेको मन्त्री ढकालले बताउनुभयो ।

यस अघि पनि हेकाफ ३६०ले जेठ २१ ग्ते सरकारलाई ३० वटा बाईप्याप भेन्टिलेटर सहित एक करोड २७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सरकारलाई उपलब्ध गराएको थियो । हेकाफ ३६० का अध्यक्ष तथा कार्यकारी निर्देशक महेश नकर्मीले अहिलेको अत्यन्तै भयावह परिस्थितिमा चुजी फाउन्डेसनद्धारा नेपाललाई सहयोग प्राप्त भएकोमा अभार व्यक्त गर्नुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राप्त २० थान भेन्टिलेटर मध्ये प्यूठान अस्पतालमा पाँच थान, लुम्बिनी प्रादेशिक अस्पतालमा दुइ थान, त्रिवि शिक्षण अस्पताल पाँच थान, दमक अस्पतालमा तीन थान, आम्दा अस्पतालमा दुइ थान, इलाम जिल्ला अस्पतालमा दुइ थान र तेह्रथुम जिल्ला अस्पतालमा एक थान हस्तान्तरण गरिएको छ । स्वास्थ्यमन्त्री ढकालले मन्त्रालयमै उपलब्ध सम्बन्धित संस्थाका प्रतिनिधिलाइ भेन्टिलेटर हस्तान्तरण गर्नुभयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...