प्युठान ,गुराँस लाइफ इन्स्योरेन्स कम्पनी उपशाखा कार्यालय प्युठानले मृत्यु दाबी भुक्तानी गरेको छ ।
प्युठानको गौमुखि गाउँपालिका वडा नं ५ निवासी विमित स्वर्गिय सालिकराम न्यौपाने
कि श्रीमती अम्बिकादेवी न्यौपाने लाई एक कार्यक्रमका बिच एक लाख चौतिस हजार दुई सय रुपैयाँको चेक हस्तान्तरण गरिएको हो। उक्त चेक कम्पनीको उपशाखा प्रमुख दीपा घर्ती ले हस्तान्तरण गर्नु भएको थियो।
श्रीमती अम्बिकादेवि ले बिमाबाट आएको रकमले घरपरिवारमा लागेको ऋण तिर्न तथा खर्चको लागि केहि सहयोग हुने बताउनुभयो। जीवन विमा बाँँचुन्जेल आफै लाई र मृत्यु पश्चात् आफन्तलाई हुने भएकाले यो अनिवार्य रहेछ अम्बिकाले भन्नुभयो–‘‘ श्रीमान त छोडेर जानुभयो तर यो रकमले केहि ब्यवहार चलाउन सजिलो हुनेछ।’’
उहाँले विमा अति आवश्यक भएको आफुले महसुस गरेको भन्दै सवैलाई जीवन विमा गर्न आग्रह समेत गर्नुभयो।