News Portal

रेडियो सुन्नुहोस्

गुराँस लाइफले गर्यो मृत्यु दाबी भुक्तानी

सीता न्यौपाने
१३०१ पटक

प्युठान ,गुराँस लाइफ इन्स्योरेन्स कम्पनी उपशाखा कार्यालय प्युठानले मृत्यु दाबी भुक्तानी गरेको छ ।

प्युठानको गौमुखि गाउँपालिका वडा नं ५ निवासी विमित स्वर्गिय सालिकराम न्यौपाने
कि श्रीमती अम्बिकादेवी न्यौपाने लाई एक कार्यक्रमका बिच एक लाख चौतिस हजार दुई सय रुपैयाँको चेक हस्तान्तरण गरिएको हो। उक्त चेक कम्पनीको उपशाखा प्रमुख दीपा घर्ती ले हस्तान्तरण गर्नु भएको थियो।

श्रीमती अम्बिकादेवि ले बिमाबाट आएको रकमले  घरपरिवारमा  लागेको ऋण तिर्न तथा  खर्चको लागि केहि सहयोग हुने  बताउनुभयो। जीवन विमा बाँँचुन्जेल आफै लाई र मृत्यु पश्चात् आफन्तलाई हुने भएकाले यो अनिवार्य रहेछ अम्बिकाले भन्नुभयो–‘‘ श्रीमान त छोडेर जानुभयो तर यो रकमले केहि ब्यवहार चलाउन सजिलो हुनेछ।’’

उहाँले विमा अति आवश्यक भएको आफुले महसुस गरेको भन्दै सवैलाई जीवन विमा गर्न आग्रह समेत गर्नुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...

१२ वर्षीय वालिकालाई करणी गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

१२ वर्षीय वालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । गौमुखी...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्...