News Portal

रेडियो सुन्नुहोस्

लुम्विनी प्रदेशमा लक्षणसहितका संक्रमितको उपचार निशुल्क भईरहेको छ:मुख्यमन्त्री

सिखबर संवाददाता ४ कर्तिक, प्युठान
१४४५ पटक
४ कर्तिक, प्युठान

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशभित्र रहेका चारवटा कोरोना विशेष अस्पतालबाट लक्षण देखिएका सबै कोरोना संक्रमित नागरिकको उपचार निःशुल्क रुपमा हुने बताएका छन् ।

आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमार्फत उनले लक्षणसहितका कोरोना बिरामीलाई कोरोना विशेष अस्पतालबाट दिइदै आएको निशुल्क उपचार सेवा यथावतै रहेको जानकारी दिएका हुन् ।

यसअघि संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणका लागि नयाँ मापदण्ड लागु गर्दै निःशुल्क कोरोना परीक्षणका लागि लक्षित समूह तोकेको थियो ।

मन्त्रालयका अनुसार आर्थिक रूपले विपन्न अशक्त, असहाय नागरिक, असहाय एकल महिला, अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिकलाई निःशुल्क पीसीआर परीक्षण गरिने तथा अग्रस्थानमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मी, जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको मात्र निःशुल्क कोरोना परीक्षण हुने व्यवस्था गरेको छ ।

अन्य सर्वसाधारणले भने पैसा तिरेर कोरोना परिक्षण तथा उपचार गर्नुपर्ने प्रावधान मन्त्रालयले बनाएको छ । तर संघीय सरकारले बनाएको मापदण्डका अलावा मुख्यमन्त्री पोखरेलको आफ्नो प्रदेशमा पहिलेकै सेवा यथावत रहने बताएका छन् ।
लुम्बिनी प्रदेशमा दाङको बेलझुण्डीको कोरोना विशेष अस्पतालसँगै बाँके, र रुपन्देहीमा गरी ४ वटा कोरोना विशेष अस्पताल रहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...