News Portal

रेडियो सुन्नुहोस्

प्रचण्डका छोरीहरु रअ संग भेट्न भारत , फर्किए लगत्तै प्रधानमन्त्री माग

सिखबर संवाददाता
१४०१ पटक

नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरीहरू दिल्लीबाट फर्केपछि अर्का अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री पद मागेको सार्वजनिक भएको छ । भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामान्त गोयल दिल्ली फर्केलगत्तै प्रचण्डका छोरीद्वय नयाँदिल्ली पुगेको पाइएको छ ।

त्यसपछि छोरीहरू रेणु र गंगा दाहाल दिल्लीबाट फर्के लगत्तै प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री पद मागेका थिए । व्यापारीको साथमा प्रचण्डको छोरीहरू झापाहुँदै दिल्ली पुगेको खुलेको छ । झापाका नेकपाका एक चर्चित व्यापारीले उनिहरुलाई दिल्ली लैजाने र ल्याउने व्यवस्थापनमा सहयोग गरेका थिए ।

कात्तिक ११ गते काँकडभिट्टाबाट बागडोरा हुँदै रेणु र गंगा दाहाल नयाँदिल्ली पुगेको र त्यहाँ ‘रअ’का केही प्रतिनिधिहरूलाई भेटघाट गरेर फर्केको बुझिएको छ । ‘‘बुबाका प्रतिनिधि भएर गएका छोरीहरूले ‘रअ’का केही प्रतिनिधिहरूलाई भेटघाट गरेर फर्केपछि मात्रै प्रचण्ड बालुवाटार पुगेको देखिन्छ,’’ स्रोतले भन्यो, ‘‘छोरीहरू दिल्लीबाट नफर्केसम्म प्रचण्ड एक दिन पनि बालुवाटार आउन मानेनन्, जब छोरीहरू फर्के तबमात्रै उनी बालुवाटार पुगे। ओलीसँग प्रधानमन्त्री मागे ।’’

काठमाडौँ विमानस्थलको प्रयोग गर्दा नयाँ दिल्ली गएको रहस्य खुल्ने भएपछि उनीहरुले बागडोरा विमानस्थल चयन गरेका थिए । नेकपाको अन्तरकलह चर्किदैँ जाँदा नेताहरूको आन्तरिक गतिबिधिका कुरा पनि सार्वजनिक हुँदै गएको छ । नेकपाका महासचिव विष्णु पौडेलले पार्टी गम्भीर संकटमा पुगेको भन्दै एकता बचाउनका लागि पहल गर्न सम्पूर्ण नेता कार्यकर्तामा अपिल गरेका छन ।

साभार ः दैनिकी डटकमबाट

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...