News Portal

रेडियो सुन्नुहोस्

प्रचण्डका छोरीहरु रअ संग भेट्न भारत , फर्किए लगत्तै प्रधानमन्त्री माग

सिखबर संवाददाता
११४४ पटक

नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरीहरू दिल्लीबाट फर्केपछि अर्का अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री पद मागेको सार्वजनिक भएको छ । भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामान्त गोयल दिल्ली फर्केलगत्तै प्रचण्डका छोरीद्वय नयाँदिल्ली पुगेको पाइएको छ ।

त्यसपछि छोरीहरू रेणु र गंगा दाहाल दिल्लीबाट फर्के लगत्तै प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री पद मागेका थिए । व्यापारीको साथमा प्रचण्डको छोरीहरू झापाहुँदै दिल्ली पुगेको खुलेको छ । झापाका नेकपाका एक चर्चित व्यापारीले उनिहरुलाई दिल्ली लैजाने र ल्याउने व्यवस्थापनमा सहयोग गरेका थिए ।

कात्तिक ११ गते काँकडभिट्टाबाट बागडोरा हुँदै रेणु र गंगा दाहाल नयाँदिल्ली पुगेको र त्यहाँ ‘रअ’का केही प्रतिनिधिहरूलाई भेटघाट गरेर फर्केको बुझिएको छ । ‘‘बुबाका प्रतिनिधि भएर गएका छोरीहरूले ‘रअ’का केही प्रतिनिधिहरूलाई भेटघाट गरेर फर्केपछि मात्रै प्रचण्ड बालुवाटार पुगेको देखिन्छ,’’ स्रोतले भन्यो, ‘‘छोरीहरू दिल्लीबाट नफर्केसम्म प्रचण्ड एक दिन पनि बालुवाटार आउन मानेनन्, जब छोरीहरू फर्के तबमात्रै उनी बालुवाटार पुगे। ओलीसँग प्रधानमन्त्री मागे ।’’

काठमाडौँ विमानस्थलको प्रयोग गर्दा नयाँ दिल्ली गएको रहस्य खुल्ने भएपछि उनीहरुले बागडोरा विमानस्थल चयन गरेका थिए । नेकपाको अन्तरकलह चर्किदैँ जाँदा नेताहरूको आन्तरिक गतिबिधिका कुरा पनि सार्वजनिक हुँदै गएको छ । नेकपाका महासचिव विष्णु पौडेलले पार्टी गम्भीर संकटमा पुगेको भन्दै एकता बचाउनका लागि पहल गर्न सम्पूर्ण नेता कार्यकर्तामा अपिल गरेका छन ।

साभार ः दैनिकी डटकमबाट

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...